लायन्स क्लब अफ काठमाडौं कान्तिपुरको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन इश्वर पुडासैनी चयन

लायन्स क्लब अफ काठमाडौं कान्तिपुरको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन इश्वर पुडासैनी चयन

कपन अनलाइन

 काठमाडौं, जेठ १ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं  कान्तिपुर प्रेसिडेन्टमा लायन इश्वर पुडासैनी चयन भएका छन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि पुडासैनी नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। मंगलबार  क्लबको नया कार्य समिति चयन गरिएको हो ।

पुडासैनीको  नेतृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन भक्त बहादुर केसी,सेकेन्ड भाइस प्रसिडेन्टमा लायन श्याम कुमार  भुजेल  थर्ड भाइस प्रेसिडेन्टमा लायन  राज कुमार लोर्य ,सेक्रेटरीमा लायन  निहारिका दास  जोइन्ट स्रेक्रेटरी  प्रह्लाद राज सिंहमार, ट्रेजररमा लायन राज्य लक्ष्मी श्रेष्ठ ,जोइन्ट ट्रेजरर लायन नरेन्द्र अधिकारी   चयन भएका  छन।

त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवकोपब्लिक रिलेसन अफिसरमा लायन सिनाखरी श्रेष्ठ  टेमरमा लायन पवन कुमार मसकर, टेल ट्वीस्टार  लायन प्रकाश पाण्डेय डाइरेक्टर मा लायन सरिता श्रेष्ठ, लायन गोबिन्द शर्मा, लायन नन्दराज पोखरेल,लायन शर्मिला श्रेष्ठ चयन भएका छन ।

त्यसैगरि लियो एड भाइजरमा लायन अनुमा कोइराला अधिकारी ,क्लब मेम्बरशिप लायन हिरा प्रसाद गुप्ता, क्लब सर्भिस कमिटिमा लायन पुष्पा कोइराला, मार्केटिंग कमिटिमा लायन दिनेश श्रेष्ठ चयन भएको क्लबका इमिडेट पास्ट प्रेसिडेन्ट डाक्टर मनिस राज पाण्डेयले जानकारी गराए ।चयन भएका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई लायन्स लिडरहरुले बधाई दिदै आगामी कार्यकालको सुभकामना दिएका छन।

तपाइँको प्रतिक्रिया ।