जिल्ला भित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृह मन्त्रालयको निर्णय

जिल्ला भित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृह मन्त्रालयको निर्णय

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १।

गृह मन्त्रालयले जिल्ला भित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास विहिवार बाट  गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।