नेकपा फिक्कल गाउँकमिटिको गाउँपालिकालाई ३ हजार किलो चामल सहयोग

नेकपा फिक्कल गाउँकमिटिको गाउँपालिकालाई ३ हजार किलो चामल सहयोग

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १।

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) फिक्कल गाउपालिका कमिटी सिन्धुलीले  फिक्कल गाउपालिकालाई ३ हजार किलो चामल सहयोग गरेको छ।

फिक्कल गाउँपालिका अन्तर्गतका असंगठित क्षेत्रमा कार्यरत दैनिक काम गरेर जिविकोपार्जन गर्नुहुने र लकडाउनको कारणले काम गर्न नपाई समस्यामा परेका  मजदुरहरुको सहयोगका लागि उक्त चामल कमिटिका अध्यक्ष रामप्रसाद भण्डारीले हस्तान्तरण गरेका थिए।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाले गरेको प्रयासका लागि धन्यवाद दिदै नेकपा फिक्कल गाउँ कमिटिले कमिटिका नेता तथा कार्यकर्ताहरुको सहयोगमा उक्त चामल उपलव्ध गराएको जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।