गोकर्णेश्वर नगरपालिकाको जरुरी सुचना

गोकर्णेश्वर नगरपालिकाको जरुरी सुचना

कपन अनलाइन

काठमाडौं, जेठ १।गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई सार्वजनिक सुचना मार्फत अपिल गरेको छ।  नगर प्रमुख सन्तोष चालिसे द्वारा हस्ताक्षरित् उक्त सुचना मार्फत नगर बासीलाई विश्व ब्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि नेपाल सरकारले घोषणा गरे बमोजिम लक डाउन लाइ हाल सम्म सचेतना पुर्वक पालना गरि सहयोग गरिदिएकोमा आम नगरबासीलाइ धन्यबाद  दिदै आगमी दिनमा पनि पूर्ण रुपमा लक डाउनको पालना गर्नेछन भन्ने अपेक्षा गरिएको छ ।

उक्त सुचनामा नेपालमा हालका दिनमा कोरोना भाइरस द्रुत गतिमा संक्रमण फैलिरहेको  विषम परिस्थितिलाइ मध्यनजर  गरिसहयोग गरिदिन आम नगरबासीलाइ अनुरोध गरिएको छ।  साथै यो सुचनामा बेवास्था गरेमा कानुन बमोजिम आवश्यक कारवाही गरिने समेत जानकारी गराएको छ।

नगरपालिकाले सबै घरधनीहरुले जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुको बिवरण तुरुन्त सम्बन्धित वडा कार्यलय, नगरपालिका तथा नजिकको प्रहरी कार्यलयमा जानकारी गराउन अनुरोध गर्दै आवश्यक परेमा परिक्षणको लागि सहयोग गरिदिनको लागि अनुरोध गर्दै अति आवश्यक  काम बाहेक घर बाहिर ननिस्किनुहुन र समुहमा हिडडुल नगर्न पनि अनुरोध गरिएको छ ।

त्यसै गरि नेपाल सरकारले तोकेको अति आवश्यक सेवा उपलब्ध गराउने पसल व्यवसाय बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खोल्नुहुन र अन्य पसल व्यवसायहरु पूर्ण रुपले बन्द गर्न अनुरोध गरिएको छ, साथै आधिकारिक निकाय बाट जारि भएका पास बाहेक अन्य सवारी साधन नचलाउन पनि अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।