चन्द्रागिरी नगरपालिका वडा नं १ को अत्यन्तै जरुरी सुचना

चन्द्रागिरी नगरपालिका वडा नं १ को अत्यन्तै जरुरी सुचना

कपन अनलाइन

काठमाडौं, जेठ १। चन्द्रागिरी नगरपालिका वडा नं १ले आम वडा बासीलाई सार्वजनिक सुचना मार्फत अपिल गरेको छ।

वडा अध्यक्ष राजेन्द्र केसी द्वारा हस्ताक्षरित उक्त सार्वजनिक सुचना मार्फत चन्द्रागिरी नगरपालिका वडा नं १ भित्र अस्थायी रुपमा कोठा तथा जग्गा भाडामा लिई व्यवसाय गदै रहेका बिभिन्न जिल्ला तथा भारतीय नागरिकहरु समेत आ आफ्नो घर गएकोमा पुन :लुकिछिपी फर्की आउने क्रम बढ्दै गइ यस नगरपालिका भित्र त्यस्ता ब्यक्तिहरुनै संक्रमित हुन सक्ने ठहर भएको ले सुचना प्रकाशित गरिएको जनाएको छ।

साथै उक्त सूचना मार्फतत्यस्ता लुकिछिपी आएका व्यक्तिहरुको बिषयमा अबिलम्ब वडालाई जानकारी गराउनेर उनीहरुको अनिवार्य रुपमा सशस्त्र प्रहरी अस्पताल बलम्बु वा राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा गइ निशुल्क जांच गराउन रसोको रिपोर्ट वडामा अनिवार्य पेश गर्न अनुरोध गरेको छ ।

 त्यसको साथै उक्त सुचना मार्फत घर वा जग्गा बहालमा दिने घरधनीहरुले  लकडाउन अघि र पछि छोडी गएकाहरु पुनः फर्की आउने क्रम देखिएकोले आजै बाट फर्की नआउन  फोन मार्फत अबिलम्ब जानकारी गराउने र सुचनाको अटेर गरि आएका, आउन प्रेरित गरेको, वा आइसकेको जानकारी नगराउने घर वा जग्गा धनीहरुलाई वडा बाट दिइने सेवा सुबिधा बाट बन्चित गरि कानुनि कारवाही गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।