लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन राजकुमार भण्डारी चयन

लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीको लायन बर्ष २०२०/२१ को प्रेसिडेन्टमा लायन राजकुमार भण्डारी चयन

कपन अनलाइन

काठमाडौं, जेठ १ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं इन्फिनिटीको प्रेसिडेन्टमा लायन राजकुमार भण्डारी चयन भएका छन। लायोनिस्टिक  वर्ष २०२०/२१ का लागि भण्डारीको नेतृत्वमा उक्त क्लवको नया समिति चयन गरिएको हो। मंगलबार  क्लबको नया कार्य समिति चयन गरिएको हो ।

भण्डारीको  नेतृत्वमा भएको समितिको फर्स्ट भाइस प्रसिडेन्टमा लायन दिपेन्द्र डंगोल ,सेकेन्ड भाइस प्रसिडेन्टमा लायन  दिवाकर मिश्र,सेक्रेटरीमा लायन जनार्दन तिमिल्सिना र ट्रेजररमा लायन दिलिप सिग्देल  चयन भएका  छन।

त्यस्तै लायन्स क्लव इन्टरनेसनल ३२५ ए १ अन्तर्गतको  उक्त क्लवको एल सी आइ एफ कोर्डिनेटर मा  क्लबका चार्टर प्रेसिडेन्ट समेत रहेका लायन मधुसुधन एम जे एफ, मार्केटिंग कम्युनिकेसन कोर्डिनेटरमा लायन उत्तम लिगल  , सर्भिस कमिटि  चेयरपर्सनमा लायनहरि शंकर महती ,मेम्बरशिप चियरपर्सनमा लायनसुरेन्द्र भण्डारी  ,डाइरेक्टरमा लायन  हेमन्त पौडेल, लायन हरि बुढाथोकी,चयन भएका छन ।

टेल ट्वीस्टर मा लायन प्रकाश घिमिरे  र टैमेरमा लायन सुदिप भण्डारी  चयन भएको क्लबका इमिडेट पास्ट प्रेसिडेन्ट लायन मधुसुदन सिग्देलले जानकारी दिएका छन। चयन भएका नया कार्य समितिका पदाधिकारी तथा सदस्यहरुला ईलायन्स लिडरहरुले बधाई दिदै आगामी कार्यकालको सुभकामना दिएका छन।

तपाइँको प्रतिक्रिया ।