टोखा नगरपालिकामा लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले खाद्यान्न सहयोग

टोखा नगरपालिकामा लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १।

लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले टोखा नगरपालिका वडा नं. ७ का श्रमजीवी जनतालाई वितरणको लाई १० बोरा चामल१ बोरा दाल१ बोरा नुन टोखा नगरपालिका वडा नं. ७ काअध्यक्ष नरोत्तम राणालाई हस्तान्तरण गरेको छ ।

विश्वव्यपी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९को संक्रमण रोकथाक तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण मारमा परेका श्रमजीवी जनताहरुलाई खाद्यान्नको राहत मिल्लोस भन्ने हेतुले राहत सामाग्री वितरण गरिएको लायन्स क्लव अफ काठमाण्डौ एपेक्सका अध्यक्ष कुमार अधिकारीले बताएका छन  ।

कार्यक्रममा  राहत हस्तान्तरण गर्दै क्लबका अध्यक्ष कुमार अधिकारीले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ काठमाण्डौ एपेक्सले पुर्‍याएको योगदानका बारे बताए ।

क्लवका सदस्यहरुबाट संकलित रकमबाट राहत सामग्री सहयोग गरिएको कार्यक्रम संयोजक तथा नवनिर्वाचित अध्यक्ष रामकृष्ण डंगोलले जानकारी दिए । कोरोना भाइरस संक्रमण जोखिमका कारण मुलुक लकडाउन भएपछि क्लवले यस अगाडि समेत सहयोग गरिसकेको क्लवका डाइरेक्टर  राजु बहादुर अधिकारीले बताए ।

तपाइँको प्रतिक्रिया ।