सहयोग सामाग्री लिएर ओखलढुंगा जिल्ला पुगे नेपाली कांग्रेसका नेता रामहरी खतिवडा

सहयोग सामाग्री लिएर ओखलढुंगा जिल्ला पुगे नेपाली कांग्रेसका नेता रामहरी खतिवडा

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ १।

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडा स्वास्थ्य सुरक्षा सामग्री लिएर ओखलढुंगा जिल्ला  पुगेका छन् ।

ओखलढुंगाका ८ वटै स्थानीय तहमा २० लिटरका दरले र ७५ वटै वडामा २ लिटरका दरले वितरण गर्नेगरी २ सय ६० लिटर सेनिटाइजर, ८ वटै गाउँपालिकालाई एउटाका दरले क्लोरिन छर्ने स्प्रे र ५० लिटर क्लोरिन झोल लिएर जिल्ला पुगेका   उनले जिल्लाभरि वितरण गर्नेगरी तीन हजार सर्जिकल मास्क, १ सय ५० वटा एन९५ मास्क र जिल्लाका पत्रकारका लागि केही थान प्रेस ज्याकेट पनि सहयोग गरेका छन  ।

हस्तान्तरणमा पार्टी सभापति प्रदीपकुमार सुनुवार र  सचिव रुद्रप्रसाद अधिकारी सहितको उपस्थितिमा  खतिवडाले स्वास्थ्य सुरक्षा सामग्री बुधबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईलाई हस्तान्तरण गरकाे थिए ।

खतिवडाले आज विहीबार जिल्लाका अन्य स्थानीय तहलाई समेत सामग्री वितरण गर्ने तयारी गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।