बुढानिलकण्ठ वडा नं १० र ११ को सिमाना रहेको बाटो ढलान

बुढानिलकण्ठ वडा नं १० र ११ को सिमाना रहेको बाटो ढलान

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १ ।

बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा अहिले विकास निर्माणका काम द्रुत गतिमा अगाडी बढेका छन। नगरपालिकाको  प्रकोप नियन्त्रण तथा रोकथाम अभियान संगैआवस्यक सुरक्षा विधि अपनाएर विकास निर्माण अगाडी बढाउने  निर्णय अनुसार वडा नं १० र ११ को सिमानामा रहेको बाटो ढलान गरिएको छ।

वडा नं ११ को जंगलादेवी मन्दिर नजिक दुई वडाको सिमानामा करिव ७ लाखको लागतमा भैरहेको उक्त बाटो ढलानको वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ ,नेकपा बुढानिलकण्ठ ११ का अध्यक्ष हरिराम ढुंगाना लगायतले निरीक्षण गरेका थिए।

प्रकोपका कारण रोकिएका योजना निर्माण संचालन र नया योजना निर्माणको छलफल शुरु गरेका वडाहरुले सुरक्षा कर्मी र ठेकेदारहरु संग समन्वय गरेर काम अगाडी बढाएको वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।