गोकर्णेश्वर नगरपालिका ५ मा निर्माण गरिएको क्वारेन्टाइनको प्रदेश संसद सहितको टोलि द्वारा निरीक्षण

गोकर्णेश्वर नगरपालिका ५ मा निर्माण गरिएको क्वारेन्टाइनको प्रदेश संसद सहितको टोलि द्वारा निरीक्षण

कपन अनलाइन

काठमाडौं,जेठ १। गोकर्णेश्वर नगरपालिका वडा ५ स्थित रहेको Nepal Institute Of Health Science,Stupa College मा तयार गरिएको  १६  बेडको क्वारेन्टाइनको बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा सहितको टोलीले बुधाबार अवलोकन निरीक्षण गरेका छन ।

कोरोना भाइरसको आशंका लागेको व्यक्तिहरुलाई बस्नको लागी बनाइएको  क्वारेन्टाइनको  प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा सहित उक्त टोलीमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी,गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा सदस्य नवराज लामा ,हेल्थ कन्सर्न डा. सुवाष प्याकुरेल  सहितको टोलीले उक्त स्थानमा निर्माण  गरिएको क्वारेन्टाइनको अवलोकन निरीक्षण गरेका थिए  ।

उक्त Nepal Institute Of Health Science,Stupa College मा तयार गरिएको उक्त क्वारेन्टाइन सुविधा सम्पन्न रहेको र  विश्व स्वास्थ्य संगठन मापदण्ड अनुसार निर्माण गरिएको  वार्डमा उपचाररत बिरामी निगरानीको लागि सि सि क्यामेरा, दैनिक स्वास्थ्य अवस्थाको फारम,शारीरिक व्यायाम साथै मनोरञ्जन तथा सीप मुलुक कार्यक्रमको  व्यवस्था गरिएको  छ।  साथै चुच्चेपाटीमा निर्माणाधीन भवनमा ३० बेडको  आइसोलेसन वार्ड निर्माणको अन्तिम चरणमा  पुगेको जानकारी गराइएको थियो  ।

 फोटो :शिबु श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।