विकास योजना लिएर बागमती प्रदेशको राजधानी हेटौडामा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोली

विकास योजना लिएर बागमती प्रदेशको राजधानी हेटौडामा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोली

कपन अनलाइन

काठमाडौं,जेठ १। शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ सहितको टोलीले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल संग भेट गरेका छन् हेटौडा स्थित भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालको कार्यकक्षमा शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ सहित  शंखरापुर नगरपालिका वडा न.८का अध्यक्ष एंब नगरपालिकाका प्रबक्ता समेत रहेका  हितमान तामाङ र वडा न. ५का अध्यक्ष शेर गम्भिर थापा सहितको टोलीले बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाइ भेट गरि विकास निर्माण एबम योजनाको बारेमा छलफल गरेका थिए।

उक्त भेट तथा छलफलमा मन्त्रि फुयाललाइ  कांठ चक्रपथ अन्तर्गत  “अधिकारी  गांउ-भुल्बु-सांखु -तेलकोट सडक” र शंखरापुरका अन्य अति आबश्यक सडकहरु सहित  खानेपानिका योजनाहरु आगामी आ. ब. ०७७/०७८को कार्यक्रम तथा बजेटमा सम्पन्न हुने गरि पर्याप्त बजेट राख्नका लागि अनुरोध गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले कपन अनलाइन लाइ बताए।साथै उनले शंखरापुर नगरपालिकाले नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण तथा  राहतको क्षेत्रमा अहोरात्र खटेर कार्य गरिरहेको जानकारी गराउदै    नगरपालिकाले कोरोना रोकथामको लागि गरेको  प्रयासको बारेमा समेत जानकारी गराएको बताए ।

उक्त भेटमा मन्त्रि फुयालले सो योजनामा बजेट राख्नको लागि सक्दो प्रयास गर्ने बताएका थिए । साथै मन्त्री फुयालले शंखरापुर नगरपालिकामा विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहतका क्षेत्रमा शंखरापुर नगरपालिकाले गरेका कार्यहरुको प्रशंशा गर्दै  उनले लकडाउनको पूर्ण रुपमा पालना गरी सामाजिक दुरी कायम गरी सुरक्षित बस्न नगरबासीहरुलाई समेत  आग्रह गरेको  बताए ।

तपाइँको प्रतिक्रिया ।