देश खोज्दै जाँदा !(कविता )

देश खोज्दै जाँदा !(कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ३१ / कमल ढुङ्गाना

 

बर्षौदेखी देश खोज्दै हिडीँरहको म
केवलग्लोबमामात्रै देखेँ देशको नक्सा
देशमाआजसम्म देश भेटीएको छैन
भेटीए सडक छेउँमाभाचीँएको रुख झै
झाप्रो बनाएर बसेका हुलकाहुलमानीसहरु
भेटीए आँखामा देश राखेर हिडेँका गैरनागरीक
जस्ता देखीने मान्छेहरु
देश खोज्दै जाँदा
ईतिहासमामात्रै भेटीए देशकासिमाहरु
पढीयो पुर्खाहरुको रगतले भिजेको हो देशको माटो
सिकाईयो देशभक्ति, देशप्रेम
देखीयो तिनै देशभक्तहरुको हातमाबन्दूक
देखीए देशवासीभएर पनीनागरीकतानपाएकाहरुको जमात
देश खोज्दै जाँदा मैले देश कहीँ भेटीन ।
देश खोज्दै जाँदा
भेटीए देशमा नेताहरुका ठूला ठूलाबार एण्ड रेस्टोरेंटहरु
भेटीए ठाउँ ठाउँमा नेताहरुका जुवाघरहरु
भेटीए केही बेश्यालयहरु पनी
सुनीएत्यही बेश्यालयभित्रविवश नारीकाचित्कारहरु
देखीएभोकले माटो खाईरहेका बालकहरू
देखीएभोक सहननसकेर आत्महत्या गर्ने परीवारहरु
देखीयो देश भित्र–भित्रै खुकुलो भएको पनी
देश खोज्दै जाँदा मैले देश कहीँ भेटीन
सरकार के देश भनेको देशको नाममात्रै हो ?

(टिकापुर कैलाली, हालःभारत, गुजरात )

तपाइँको प्रतिक्रिया ।