गोकर्णेश्वर नगरपालिका ८ मा संचालित निशुल्क भोजन अभियानको खर्च बिवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौं,बैशाख ३१ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को नि:शुल्क भोजन खुवाउने अभियानमा सहयोगी दाताहरू मार्फत प्राप्त नगद ,जिन्सी तथा खाद्यन्न सहयोग सामग्रीको बिवरण सार्वजनिक गरिएको छ ।
नेपाल सरकारको निर्णयअनुसार चैत्र ११ गते बिहान ६ बजे देखि लकडाउनको अवस्था भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ८ को अभियानमा उक्त क्षेत्रमा स्थायी तथा अस्थाई बसोबास गर्ने दैनिक ज्यालादारी गर्ने मजदुर,गरिब, बिपन्न परिवार पिडितहरुलाई निरन्तर भइरहेको लक डाउन बाट गुजारा चलाउन समस्यामा पर्न गइ दैनिक खाना खान समेत मुस्किल परेको विषम परिस्थितिमा मिति २०७७ बैशाख ६ गते देखि २०७७ बैशाख २६ गते बिहान सम्म खाना खुवाउनलाइ नगद तथा जिन्सी सहयोग गरेकोमा वडा कार्यलयले धन्यबाद दिदै हाल सम्म सो अभियानमा प्राप्त नगद जिन्सी सामग्री सार्वजनिक गरिएको हो। जसमा
१ खाद्यान्न तथा तरकारी ३,४७,५४६ रुपैया
२ ग्यास ६४,६२५ रुपैया
३ खाना प्याक गर्ने प्लास्टिक बक्स १६,०५२०
४ स्वयं सेवक आइ डी कार्ड ,२४५०
५ क्याटरिङ चार्ज ७,३५००
गरि कुल जम्मा ६,४८,६४१ रुपैया खर्च भएको छ।
त्यसै गरि गोकर्णेश्वोर नगरपालिका वडा नं ८ मा बैशाख ६ गते देखि बैशाख २६ गते सम्म संचालित बिहान बेलुकाको निशुल्क भोजन अभियानमा सहयोगी दाताहरु बाट संकलन भएको कुल रकम ७,३०,५०० रहेको र सो बाट ६,४८,६४१ रुपैया खर्च भएको जानकारी गराउदै बाँकी भएको ८१,८५९ रुपैया वडाको राहत कोष खडा गरि जगेडा राखिने वडा अध्यक्ष मनोज कुमार ढुंगानाले जानकारी गराए ।
साथै उनले भेनस पब्लिक स्कुलको प्राङ्गण बाट निशुल्क भोजन तयारी गर्ने देखि लिएर त्यसलाई व्यवस्थित तवरबाट वडाका बिभिन्न स्थानमा लागि वितरण गर्ने अभियानमा सक्रिय स्वस्फुर्त रुपमा खटिएका स्वयं सेवक प्रत्यक्ष एबम अप्रत्यक्ष रुपले उक्त अभियानलाइ सहयोग गर्ने सहयोगी दाता सबैलाई वडा समिति परिवारको तर्फा बाट वडा अध्यक्ष मनोजकुमार ढुंगानाले धन्यबाद ज्ञापन गर्दै बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल गोकर्णेश्वर नगरपालिका वडा नं ८मा गराइदै आइरहेको निशुल्क भोजन कार्य हाललाइ स्थगित गरिएको प्रस्ट पारे ।
उनले पछि परिस्थिति अनुसार सो कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उक्त सो अभियानमा जोडिने सबैको मुक्त कण्ठले प्रसंशा गरेका थिए । उनले कोरोना संक्रमणको जोखिम न्यूनीकरणको लागि सुरक्षित भएर सामाजिक दुरी कायम गर्न पनि अनुरोध गरेका छन ।