मुकुण्डो भित्रको तिम्रो अनुहार (कविता )

मुकुण्डो भित्रको तिम्रो अनुहार (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ३१ /समिर अधिकारी

 

न्यायलाई घायल पार्दै आजयहाँ
अन्यायदिनदिनै मौलाइरहेको छ
विवेकलाई गुमाएर हेर
सर्वत्र जहाँ बर्बरताबौलाइरहेको छ

जीवन संघर्षको बलीबेदिमाहोमिदा
रक्ताम्यभएकातीमनहरु
एक छाक खान र एक झुम्रो लाउनलाई
कल्पिएकातनहरु
झूटा सपना देखाएर बाँडेका
अनगिन्तिखोक्राआश्वासनहरु
नेपथ्यभित्रकागुप्त सम्झौताले
थुपारेका तीकालाधनहरु

म र मेरा मात्रभन्ने सिद्धान्त हावीभइ
यत्रतत्र सर्वत्र छाउँदै गयो
टिके प्रथाले
सक्षमलाई पाखालगाई
असक्षम अघि आउँदै गयो

साम–दाम–दण्ड–भेद सबै नीति सक्रियपार्दै
अभिमान रापिंदैछ
स्वतन्त्रताको घाँटी निमोठ्दै
निर्दोषीको चिताको आगो तापिंदैछ
महामारीको चपेटामा परी
विश्व नै सारा व्याकुलभएको बेला
पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं लाग्दैछ अर्कै मेला
आर्थिक संकट छाइसक्यो
अब यसले कस्तो रूप लेला
राष्ट्र संकटमा परेको घडी भएको तिम्रो व्यवहारले
राष्ट्रवादको कस्तो अर्थ देला

सुस्त सुस्त गरीकन मुकुण्डोभित्रको
तिम्रो अनुहार प्रस्ट देखिंनेछ
तिम्रा हर कर्महरूको
एकएकहिसाबइतिहासमा लेखींनेछ

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।