काठमाडौं क्षेत्र नं ५ (२) को संयोजनमा कृषि तथा प्राविधिक शिक्षा प्रवर्धनका लागि छलफल हुने
कपन अनलाइन
काठमाडौं,बैशाख ३१।
काठमाडौं क्षेत्र नं ५ (२) को संयोजनमा विद्यालयहरुमा शिपमुलक शिक्षा (प्राविधिक र कृषि ) विषयमा छलफल हुने भएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को छहारी भवनमा हुने जेठ १ गते उक्त कार्यक्रममा बुढानिलकण्ठ,टोखा र काठमाडौं महानगरपालिका वडा नं ३ का निजि तथा सार्वजनिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता हुनेछ।
सो क्षेत्र भित्र रहेका शिक्षासेवी,शिक्षाविद ,प्राध्यापक ,शिक्षक तथा शैक्षिक संस्था संचालकहरुको सहभागितामा हुने सो छलफल कार्यक्रममा प्राविधिक शिक्षा शिक्षण ,संस्था स्थापनाको सम्भावना र यसमा जनप्रतिनिधिहरुको भूमिकाका वारेमा छलफल हुने काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।
बिहान १०.४५ बजे शुरु हुने कार्यक्रम प्रस्तुतीकरण,छलफल तथा प्रतिवदत्तामा हस्ताक्षर सहित समापन हुने उक्त कार्यक्रममा प्राविधिक शिक्षा अध्यापन गराउने शैक्षीक संस्था स्थापनाका लागि नमुना विद्यालय छनौट र प्रदेस सरकार संगको सहकार्यका वारेमा पनि छलफल हुने सांसद निरौलाले जानकारी दिएका छन।
सो छलफलमा बागमती प्रदेशका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,न्युछे नारायण श्रेष्ठ ,भीमसेन खत्री ,योगेन्द्र संग्रौला,सिता लामा सहित विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरुले प्राविधिक शिक्षालय स्थापना र संचालनको संभावनाका वारेमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।