लायन्स क्लब अफ काठमाडौं बासुकीको आकस्मिक रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०। कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्न सहयोग पुगोस भन्ने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा आकस्मिक रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ।
गोकर्णेश्वोर नगरपालिका वडा नं ५ स्थित बासुकी बयान्केटमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं बासुकी, बासुकी बैन्केट र बासुकीनगर टोल विकास समाजको संयुक्त आयोजना तथा ग्रान्डी अस्पतालको प्राबिधिक सहयोगमा लकडाउनका सबै मापदण्ड पूरा गरी आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको आयोजक संस्थाका लायन दिनेश बास्कोटाले जानकारी गराए ।
कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको भन्दै उनले रक्तदाताहरुले स्वास्थ्यको ख्याल गरेर रक्तदान नगर्नुभएको,’ दातालाई ‘अन्य बिरामीको स्वास्थ्य र जीवन र मरणको दोसाँधमा परेका व्यक्तिलाई सहयोग गर्नका लागि भए पनि रक्तदान कार्यक्रममा सरिक हुनलाई गरेको अनुरोध लाइ स्वीकार गर्दै कार्यक्रममा उपस्थित भइ रक्तदान गरेका सबैलाई आयोजकको तर्फ बाट धन्यबाद समेत दिएका छन ।
बिहान १० बजे बाट शुरु भई २ बजे सम्म चलेको रक्तदान कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट गभर्नर लायन अन्नत प्रसाद भेटुवाल, पुर्व गभर्नर लायन कुमारराज सुवेदि, डिस्ट्रिक फर्स्ट भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ,चिफ एओ जी लायन कर्मा गुरुङ, लायन सुरेन्द्र प्रकाश बलाय, लायन रमेश लामा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे वडा अध्यक्ष नारायण बहादुर सुवेदी,प्रमुख सल्लाहकार दिपक रिसाल,वडा सदस्य दुर्गा फुयाल तिम्सिना, लायन्स क्लब अफ काठमाडौं बाशुकीका नवनियुक्त वर्तमान प्रेसिडेन्ट लायन बिश्व राज रिजाल सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र प्रमुख सल्लाहकार दिपक रिसालले आयोजक संस्थालाई पीपीइ सेट र ज्वरो मापन यन्त्र थर्मल गन समेत प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का इमिडेट पास्ट गभर्नर लायन अन्नत प्रसाद भेटुवालले विषम परिस्थितिमा वडा संगको समन्वयमा कोरोना संक्रमणको डर र लकडाउनको कारण मानिस घरबाट बाहिर निक्लने अवस्था नरहेको अवस्थामा रक्तदान गरेर मानिसको जीवन रक्षामा योगदान पुर्याउने कार्य सम्मानजनक रहेको बताए।
त्यसैगरि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का पुर्व गभर्नर लायन कुमार राज सुवेदीले विषम परिस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै अरुलाई वचाउनका लागि गरिने रक्तदान अमूल्यदान हो अर्थात दान मध्येको पनि उत्कृष्ट दान रक्तदान भएको बताए ।
त्यस्तै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक फर्स्ट भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठले विश्व महामारी कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका निम्ति गरिएको लकडाउनको कारण ब्लड बैंकमा रगतको अभाव नहोस् भन्ने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम अत्यन्तै सान्दर्भिक र प्रशंसनीय रहेको आयोजक संस्था सहित सो कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए।
फोटो :सरोज बस्नेत