सीमा अतिक्रमण बिरुद्द कागेश्वरी ५ थलीमा मसाल जुलुश प्रदर्शन
कपन अनलाइन
काठमाडौं बैशाख ३० ।नेपाल विद्यार्थी संघले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा मसाल जुलुस निकालेको छ।नेविसंघले प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाई गर्न माग गर्दै सोमवार साँझ मसाल सहित प्रदर्शन गरेको हो।
भारतले सीमा मिचेको बिरोधमा तथा आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेको बिरोधमा जुलुस निकालेको थियो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको थियो ।राँके जुलुसमा निस्केका विद्यार्थी नेता मनिस सिम्खडा, कान्तिपुर क्याम्पसको स्ववियु सभापति पावल बज्राचार्य, सहिद आदर्श क्याम्पसका स्वबियु सभापति निराजन नेपाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भारतले नेपाली भुमिमा सडक उद्घाटन गरेको बिरोधमा प्रदर्शन उत्रिएकाहरुलाई दिउसो प्रहरीले माइतिघर क्षेत्रबाट पक्राउ गरेको बिरोधमा राँके जुलुस निकालेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए ।भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछी नेपालमा दिनहु जस्तै प्रदर्शनहरु भइरहेका छन ।