विद्यार्थीहरुको समय सृजनात्मक बनाउन नगर शिक्षा समिति बुढानिलकण्ठको अन्तरक्रिया

विद्यार्थीहरुको समय सृजनात्मक बनाउन नगर शिक्षा समिति बुढानिलकण्ठको अन्तरक्रिया

कपन अनलाइन 

काठमाडौं ,बैशाख ३०।

बुढानिलकण्ठ नगरपालिकाले लकडाउनको समयमा नगरपालिका भित्र रहेका विद्यालयहरुको सहकार्यमा विद्यार्थीहरुको समयलाई सृजनात्मक बनाउने उपायका वारेमा अन्तरक्रिया गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,उपप्रमुख रमा राई, वडा नं ९ का अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य राजेन्द्र सापकोटा,नगर कार्यपालिका सदस्य तथानगर शिक्षा समितिकी सदस्य शान्ता ढकाल सहित विद्यालयका प्रधान अध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि सहित नगर शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

कोरोना प्रकोपका कारण अहिले सम्पूर्ण विद्यालयहरु बन्द रहेको अवस्थामा विद्यार्थीहरुको समयको अधिकतम उपयोग गर्ने उपाय खोजि गर्न तथा विद्यालयका अन्य पक्षहरुका वारेमा छलफलमा उपस्थित सहभागिहरुले सुझाव दिएको नगर शिक्षा समिति प्रमुख समेत रहेका नगर प्रमुख खरेलले बताए।

उक्त छलफलमा आएको सूचना प्रविधि समुह निर्माण गरि विधुतीय माध्यम बाट पठनपाठनको  व्यवस्थापन ,विद्यालयहरुको पूर्वाधार विकास सहित विद्यालयहरु खुल्ने वितिक्कै गर्नुपर्ने कामका विषयमा पनि सो अवसरमा छलफल भएको खरेलले जानकारी दिएका छन।

त्यस्तै प्रविधि मैत्री विद्यालयमा गतिविधि संचालन गर्ने र प्रविधि मैत्री नभएका विद्यालयहरुमा त्यसका लागि पहल गर्दै पृथक शिक्षण विधि विकासका वारेमा छलफल गरिएको उप प्रमुख रमा राईले जानकारी दिदै  यस विषम समयमा प्रविधि र फरक विधि प्रयोग गरेर विद्यार्थीहरुको रचनात्मक विकास गर्न नगरपालिकाले पहल थालेको बताएकी छन।

त्यस्तै नगरपालिका भित्रका धेरै विध्यार्थी प्रविधिको पहुचमा नभएकोमा ति विद्यार्थीहरुलाई समेट्दै प्रविधि मैत्री अतिरिक्त क्रियाकलाप,दुर शिक्षाको शिक्षण विधिको अवलम्बन जस्ता विषयमा छलफल गरिएको नगर कार्यपालिका सदस्य शान्ता ढकालले बताएकी छन।साथै सो अवसरमा विद्यालयहरुका समस्या र समाधानको उपायहरुका वारेमा पनि गहन छलफल गरिएको जानकारी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।