विना रोकतोक सेवा संचालन गर्न पाउनुपर्ने नेपाल डेरी एसोसिएसनको माग
कपन अनलाइन
काठमाडौं ,बैशाख २९।
नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रलाई बिहान १० बजेसम्म मात्र कायम गरिएकोले डेरी क्षेत्रमा २४ घण्टा भित्र कुनै पनि समयमा काम गर्नका लागि अनुमति प्रदान गर्न सरकार संग माग गरेको छ।
कठिन अवस्थामा पनि एसोसिएसनले कारोना भाइरस (कोभिड–१९) विश्वमा फैलिएको महामारीका कारण नेपालमा पनि २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरिएको हालसम्म पनि कठिनाइ का बावजुद पनि सेवा सुचारु राखेको जानकारी दिदै पास व्यवस्थामा सहजताका लागि अनुरोध गरेको छ।
यो विषम परिस्थितिमा पनि आम किसान, उद्योगी, कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ता माझ सेवा जारी नै राखिरहेककोले डेरी क्षेत्रलाई पनि समयसिमा नतोकि बिना रोकतोक संचालन गर्न दिनुहुन सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।