दुधे बालक काखमा बोकेर शंखरापुरको हेल्थ डेस्ककी स्वास्थ्यकर्मी जनताको सेवा र साथमा

दुधे बालक काखमा बोकेर शंखरापुरको हेल्थ डेस्ककी स्वास्थ्यकर्मी जनताको सेवा र साथमा

कपन अनलाइन

काठमाडौं बैशाख २८। विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देश एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् ।

कोरोना संक्रमण हुन् नदिनको लागि अहोरात्र अग्र मोर्चामा स्वास्थ्यकर्मीहरु खटिएका छन । संकटको समयमा स्वस्थ्यकर्मीहरु बिदा नभनी काममा निरन्तर खटिरहेका छन ।त्यस्तै शंखरापुर नगरपालिका द्वारा स्थापना गरिएको हेल्थडेस्कमा दुधे बालक सहित आफ्नो कर्तब्य निर्वाह गरिरहेकी छिन अहेब शान्ता दाहाल

शंखरापुर नगरपालिका वडा नं १ चांपाबोट हेल्थ डेस्कमा उनि आफ्नो दुधे बालक सहित डिउटी गरिरहेकी छिन  सुत्केरी बिदा सकिएको  र संकटको  घडिमा अन्य बिदा लिन नपाइने  हुदाँ  दुधे बालक सहित डिउटीमा खटिएको अहेब शान्ता दाहालले बताइन । भक्तपुरमा बस्ने उनले  चापाबोट  सम्म आवत  जावत गर्न गार्हो  हुने र बच्चा घरमा छोडेर  आउन  पनि सम्भव नभएकोले  बच्चा बोकेरै  चापाबोट  स्वास्थ्य चौकीमै  बस्ने गरेको  उनले बताइन ।

शंखरापुरकै अन्य हेल्थ डेस्कमा खटाए दिउँसो  डिउटी सकेर घर आवतजावत गर्न सजिलो  हुने भएको ले सरूवा गरिदिन माग गर्दा अहिले सम्म सुनुवाइ नभएको  उनले बताएकी छिन ।यस्तो आपतकालीन  घडिमा उनको  समस्याबारे तत्काल सम्बोधन  हुने सम्भावना नरहेको र लक डाउन सकिए पश्चात समस्याको  समाधान गर्न पहल गरिने शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइले  बताए ।उनका अनुसार नगरपालिकाका सबै स्वास्थ्यकर्मीहरू फिल्डमा खटिरहेको र आवतजावत गर्न समस्या हुनेहरूलाइ  खान र बस्न ब्यवस्था गरेको पनि बताए   ।

डिउटीमा खटिएका स्वास्थ्यकर्मीहरूलाइ नगरपालिकाले  खान , बस्नको  लागि राम्रो ब्यवस्था गरेकोले स्वास्थ्यकर्मीहरू उच्च मनोवलका साथ हेल्प डेस्कहरूमा खटिरहेको र  स्वास्थ्य केन्द्र मार्फत दिने सम्पूर्ण  सेवाहरू पनि प्रदान गरि रहेको  नाङ्गले स्वास्थ्य चाैकीका जन स्वास्थ्य निरिक्षक ठगेन्द्र राज भट्टराईले  जानकारी दिए । उनका अनुसार चापाबोट नाकाबाट हाल सरदर ३० जना श्रमिकहरू घर जानको लागि  आइरहेको र उनिहरूलाइ ज्वरो नापेर पठाउने गरेको बताए  ।स्वास्थ्यकर्मीहरु जोखिम मोलेर  डिउटीमा खटिएको बताउदै  स्वास्थ्यकर्मीहरूको  समेत RDT जाँच गर्नु पर्ने आवश्यकता रहेको  बताए ।

त्यसै गरि काभ्रे जिल्ला जोडिएको कात्तिके नाका भएर बाहिरिने तथा भित्रिने हरुलाई ज्वरो जांच गरि र आवश्यक ब्यक्तिहरुलाई भोग र तिर्खा नलागोस भनेर  पानी बिस्कुट लगायत सामग्री दिने गरेको  हेल्थ डेस्कमा रहेका इन्चार्ज लक्ष्मण ज्ञवालीले बताए । आपतकालीन समयमा जनतको सेवा गर्नु आफुहरुको कर्तब्य भएको बताउने उनले र नाकामा बस्ने सुरक्षाकर्मीहरूले एवं ५ नं. वडाका वडा अध्यक्ष शेर गम्भिर थापाले राम्रो सहयोग गरिरहेको पनि बताए  ।सिन्धुपाल्चोक र काभ्रे बाट सजिलै काठमाडौंप्रवेश गर्न सकिने नाका भएको हुँदा उक्त स्थानमा हेल्थ डेस्क नै स्थापना गरि सबैको रेकर्ड सहित आवश्यक जांच गरि पठाउने गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए।लक डाउनका कारण खान समस्या भएर घर जान लागेकाहरूलाइ  खानाको  ब्यवस्था समेत गरेको  बताउदै नगर प्रमुख  श्रेष्ठले त्यस्ता ब्यक्तिहरुलाई  काम पनि दिने बताए ।

अहिले को अवस्थामा कोरोना   भाइरस संक्रमण हुनबाट नगरबासीलाइ बचाउनु नै  नगरपालिकाको  मुख्य दायित्व भएको हुँदा सोहि अनुसार काम गरीरहेको बताए । यस्तो विषम परिस्थितिमा जनता पनि सचेत हुनुपर्ने बताए उनले नौलो तथा हुलका हुल मानिसहरु आयको थाहा पाएमा नगरपालिकामा खबर गर्न पनि अनुरोध गरेका छन  ।

घर परिवार अनि आफ्नो  स्वास्थ्यको  समेत ख्याल नगरी अहोरात्र  डिउटीमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोवल उच्च राख्न खान बस्न बाहेक अन्य थप सुविधा उपलब्ध गराउन नगरपालिकाको  कार्यपालिका बैठकमा छलफल गरि प्रकृया अगाडि बढाएको  शंखरापुर नगरपालिकाका उपमेयर शुक्र लक्ष्मी श्रेष्ठले बताइन ।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।