कोरोना जोखिमको अग्र मोर्चामा रहि काम गर्ने प्रति सम्मान ब्यक्त गर्दै अत्तरखेल युवा समाज गोकर्णेश्वर ८ द्वारा दिप प्रज्वलन
कपन अनलाइन
काठमाडौं बैशाख २६। बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसर पारेर गोकर्णेश्वर ८ अत्तरखेलमा दीप प्रज्वलन गरिएको छ ।अहिले विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको रोकथाममा ठूलो योगदान गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभको लागि बिहीबार सांझ गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा रहेको अत्तरखेल युवा समाज र अत्तरखेल महिला समूहले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए ।
लकडाउनका कारण कुनै सार्वजनिक कार्यक्रम गर्न नमिल्ने हुनाले सरकारले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीपावली गर्न गरेको अनुरोधलाइ मान्दै दिप प्रज्वलन गरिएको अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले बताए । बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलिले विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्म जयन्तीका सन्दर्भमा कोरोना महामारीको विरुद्धको लडाइँका अग्र भागमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा स्वयंसेवक अरूप्रति उच्च सम्मान स्वरुप, संक्रमितहरूको सिघ्र स्वास्थ्य लाभका लागि मृत्युवरण गर्नुभएकाहरुको शान्तिका लागि वैशाख २५ गते साँझ ७ बजे दिप प्रज्वलन गर्न अपिल गरेका थिए।दिप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वयसमिति काठमाडौंकि सदस्य सान्नानी लामा, अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा ,सचिब दिनेश राइ लगायत समाजका पदाधिकारी सहित अत्तरखेल महिला समुहका पदाधिकारीसहित स्थानीयले सहभागिता जनाएका थिए।
।