शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ द्वारा बजार अनुगमनलाइ निरन्तरता
कपन अनलाइन
काठमाडौं बैशाख २६।शंखरापुर नगरपालिकाका उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले बजार अनुगमनलाइ निरन्तरता दिएकी छिन। उनले बिहिबार साँखु बजार क्षेत्रको अनुगमन गरेकी हुन् । नगर उप प्रमुख सहित महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी , वडा नं. ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ , वडा नं. ६ का वडा सदस्य श्रीराम श्रेष्ठ सहितको टोलिले सो क्षेत्रको अनुगमन गरेको हो ।
लक डाउनको पछिल्लो समयमा दैनिक आवश्यक चामल, दाल तरकारी लगायत खाद्यान्नको मूल्य वृद्धि भएको ब्यापक जन गुनासो आएपछि उनले अनुगमनलाइ तिब्र बनाएकी उनले अनुगमनका क्रममा तरकारी र फलफूलमा खासै मुल्यवृद्धि नभए पनि दालमा केहि मूल्य वृद्धि भएको पाइएको बताइन । उप प्रमुख श्रेष्ठले मूल्य सुची राख्न र सामाजिक दुरी कायम गरि निश्चित समयमा मात्रै बिक्रि वितरण गर्नको लागि ब्यापारीहरुलाई अनुरोध गरेकी थिइन।
ब्यापारीहरुले सामान ल्याउने ठाँउमा नै बढेकोले आफुहरुले पनि बढाउनु परेको अनुगमनको क्रममा बताएका थिए ।सरकारले लक डाउनलाई काठमाडौं मा केही खुकुलो बनाए संगै खाद्यान्न लगायत अत्ति आबश्यक बस्तु बाहेक पनि पसलहरु खोलेको अनुगमनका क्रममा भेटिएको थियो ।यस अघि बिहान ६ बजे बाट ८ बजे सम्म र बेलुकी ५ देखि ७ बजे सम्म पसल खोल्ने समय नगरपालिकाले तोकिए पनि प्राय ब्यापारीहरुले उक्त नियम पालना गरेको देखिदैन ।
उप प्रमुख श्रेष्ठले कोरोना भाइरस सन्त्रासको कारण देखाउदै वजारमा कालोवजारी,मूल्यवृद्धि र कृतिम अभाव गरेको पाइए नगरपालिकामा खवर गर्न आग्रह गरेकी छिन् ।त्यस्तो पाइएमा नगरपालिकाले तत्कालै वजार अनुगमनगरी अनियमितिता गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने समेत प्रतिवद्धता जनाएकी छिन् ।
फोटो :शंखरापुर न्युज