कागेश्वरी मनोहरा नगरपालिकाले किसानलाइ नि:शुल्क बिमाको व्यवस्था गरेको छ :नगर प्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरा नगरपालिकाले किसानलाइ नि:शुल्क बिमाको व्यवस्था गरेको छ :नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं बैशाख २६। कागेश्वरी मनोहरा  नगरपालिका भित्र संचालित लकडाउन प्रभावितहरुलाई निशुल्क भोजन अभियान स्थगित भएको छ। नगरपालिका क्षेत्रमा असंगठित क्षेत्रका मजदुर,दैनिक ज्यालादारी गर्ने एबम अति बिपन्न नागरिकहरुलाई समन्वयमा स्वयं सेवक ब्यक्ति संस्था र दाताहरुको सक्रियतामा निशुल्क भोजन गराई आएकोमा उक्त सेवाको सर्वोत्कृष्ट नमुना प्रस्तुत गरेकोमा सम्पूर्ण संघ संस्था एबम स्वयम् सेवक र दाताहरुलाइ कागेश्वरी मनोहरा  नगरपालिकाको तर्फ बाट नगर प्रमुख कृष्ण हरि थापाले आभार ब्यक्त गरेका छन।उनले २०७७ साल बैशाख २५ गते  बसेको कार्यपालिका को बैठकहको निर्णय अनुसार २०७७ साल बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल कागेश्वोरी मनोहरा  नगरपालिका क्षेत्रमा गराइदै आइरहेको निशुल्क भोजन कार्य मिति २०७७ बैशाख २६ गते देखि पूर्ण रुपमा रोकिएको जानकारी गराए।

साथै उनले पछि परिस्थिति अनुसार सो  कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए।   त्यस्तै उनले हरेक वडामा रहेका सुत्केरी अपांगता भएका ब्यक्ति तथा असाहय ज्येष्ठ नागरिकका लागि वडा कार्यलयले स्थानीय स्वयं सेवक तथा महिला स्वास्थ्य स्वयं सेविकाबाट तथ्यांक संकलन गरि राहतको व्यवस्था गर्ने पनि बताए ।त्यसै गरि नेपाल सरकारले हाल ७५ प्रतिशत शुल्क बेहोरी पशु बिमा र अन्न वाली बिमाको व्यवस्था गरेको हुँदा बाँकी रहेको २५ प्रतिशत शुल्क नगरपालिकाले बेहोरी किसानलाई निशुल्क बिमाको व्यवस्था गर्ने हुँदा सो कार्यक्रम संचालनका लागि सबै वडा कार्यलयले सुचना प्रकशित गराइ कार्यक्रममा पशुपालक किसान तथा अन्न वाली उत्पादक किसानलाइ सो कार्यक्रम संग जोड्ने पनि बताए ।

उनले राहतको लागि रोजगारी कार्यक्रममार्फत हाल नेपाल सरकार स्थानीय सरकारमा स्वीकृत गरि पठाएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहका विकास कार्यक्रमहरुलाई काम नपाएका स्थानीय श्रमिकलाइ वडाका जनप्रतिनिधिको समन्वयमा काम लगाउने र दैनिक डोर हाजिरमा तोकिएको ज्याला उपलब्ध गराउने निर्णय गरिएको पनि बताए । त्यस्तै उनले कुनै पनि नयाँ ब्यक्तिलाइ आफ्नो घर टोलमा प्रवेश गराउँदा सम्बन्धित घर धनीले आवश्यक स्वास्थ्य सचेतना अपनाउने, बिपन्न मजदुरलाई राहत वितरण तथा निशुल्क भोजन व्यवस्था गराउन चाहाने इच्छुक संघ संस्था तथा दाताले सम्बन्धित वडा कार्यलय संग समन्वय गरि वडाको अनुमतिमा संचालन गर्ने पनि निर्णय भएको बताए। उनले कोभिड१९को रोकथामको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मी ढुवानी कर्ता एम्बुलेन्स चालक र कर्मचारीहरुले गरेको कामको उच्च प्रसंशा समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।