बौद्ध भेट्रान क्लब द्वारा बुद्द जयन्ती प्राणीहरुमा समर्पित

बौद्ध भेट्रान क्लब द्वारा  बुद्द जयन्ती प्राणीहरुमा समर्पित

कपन अनलाइन

काठमाडौं बैशाख २६। काठमाडौं महानगर पालिका वडा नं ६ मा रहेको  बौद्ध भेट्रान क्लबले बुद्ध जयन्तीको अवसर परेर प्रा‍णीहरुलाई  विभिन्न ठाँउमा खाना खुवाएको छ । क्लबले आज विहान ७ बजे बौद्ध परिसर र पशुपति परिसरका परेवा तथा चराचुरुङ्गीलाई गहुँ ,मकै दाना खुवाएको थियो  भने दिउँसो ३ बजे जोरपाटी, बौद्ध ,चाबहिल, महाँकाल ,तिनचुले,अरुबारी क्षेत्रका सडकमा रहेका कुकुरहरुलाई पनि खाना खुवाएको थियो ।

बागमती नदि किनारमा उत्तम पुडासैनी लगायतले  सन्चालन गरेको छाडा गाईवस्तु पालन गरेको स्थानमा बेलुकाको आहार स्वरुप ३५० किलो मकैको पिठो उपलब्ध गराइको छ ।  काठमाडौं महानगरपालिका वडा ६ बौद्ध स्थित नमूना  पार्कमा निशुल्क खाना वितरण स्थलमा ३ बोरा चामल र नगद  ५ हजार  प्रदान गरिएको छ । उक्त कार्यक्रममा  बागमती प्रदेश सांसद माननीय छिरिङ दोर्जे लामा , काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा लगायत क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रदेश सांसद छिरिंग दोर्जे लामाले लामो समय देखिको लक डाउनका कारण मानिस हरु मात्र नभई जनावरहरु पनि प्रभावित भएको त्यसमा पनि सडकमा छाडा छाडिएका कुकुर गाइ बढी प्रभावित भएको बताए।   रोगको संक्रमणले भन्दा पनि मानिसहरु घर भित्रै बस्दा बाहिर छाडा चौपाया  भोकले छटपटाइरहेका देखिन्छन्, उनले  त्यस्ता प्राणिहरुको  बौद्द भेट्रान क्लबले गरेको  कार्यको प्रसंशा गर्दै उनीहरुको सत्प्रयासमा साथ् दिएको बताए।

तपाइँको प्रतिक्रिया ।