बुढानिलकण्ठ ११ पैयाटारमा आकस्मिक रक्तदान हुने
कपन अनलाइन
काठमाडौँ, बैशाख २६ । कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्न सहयोग पुगोस भन्ने उदेश्य सहितबुढानिलकण्ठ नगरपालिका वडा नं ११मा आकस्मिक रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
पैयाटार युवा क्लब सहितको बिभिन्न संघ सस्थाको सहयोगमा सुरक्षित तवरले आकस्मिक रक्तदान कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका सन्तोष भण्डारीले बताए। कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि बताए।
उनले पैयाटार युवा क्लब सहित श्री सत्यसाई सेवा संगठन नेपाल,श्री कपन चुनदेवी सहकारी संस्था लिमिटेड,को आयोजना तथा मधुसुदन भण्डारी स्मृति प्रतिष्ठान पैयाटार युनाइटेड युथ क्लब,एभर ग्रिन हेल्थ केयर सेन्टर सहआयोजक भएर बैशाख २७ गते शनिबार बिहान ११बजे देखि दिउसो २ बजे सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटार स्थित हिल टाउन प्रिस्कुलमा रक्तदान कार्यक्रम गर्न लागिएको पनि बताए
उनले रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा हुने उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्न इच्छुक महानुभाबहरुले नाम टिपाउन पनि अनुरोध गरेका छन ।उनले नाम टिपाउनको लागि निम्न ब्यक्ति र नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेका छन।
राजन कार्की: ९८५१००३८३६
बलराम बस्नेत: ९८४९१६३१०४
सन्तोष भण्डारी: ९८४१४३४३६९
मनोज भण्डारी :९८५१०३५३८२