मजदुर दिवस (गजल)
कपन अनलाइन
काठमाडौं बैशाख २५ /बिनोद चालिसे
भेटिन्छन् ,मजदुर अचेल शहरभरि भेटिन्छन् ।
मजदुर कै व्यापार गर्ने तस्करी भेटिन्छन् ।।
यतै पाईन्छ अचेल, टाढा जनु पर्दैन
दलालहरू आफ्नै वरिपरि भेटिन्छन् ।
भनिन्छ ,नेपालकाे कानून दैवले जानुन्
कानुन कै खिलाफमा प्रहरी भेटिन्छन् ।
थाहा छैन ,तिम्रो आस्था र विश्वास के हाे ?
हकहित संरक्षण निकायहरू अनेकथरि भेटिन्छन् ।
बाँच तिमी ,एक युग बाँचेर हेर
समयकाे रङ्गमन्चमा खेलाडी नम्बरी भेटिन्छन् ।
तपाइँको प्रतिक्रिया ।