सांसद यज्ञराज सुनुवारको पहलमा ओखलढुङ्गालाई स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २५।
ओखलढुंगा जिल्लाका प्रतिनिधीसभा सदस्य यज्ञराज सुनुवारको पहमा जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गालाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । सांसद सुनुवार मार्फत जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गालाई प्राप्त भएको सामाग्री बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठक मार्फत जिल्लाका आवश्यक स्थानमा हस्तान्तरण गरिएको छ ।
पछिल्लो पटक माननिय सुनुवारको पहलमा जिल्ला कमाण्ड पोष्टलाई पीपीई ५० सेट, सर्जिकल मास्क १ हजार थान, पञ्जा ५ सय थान, सेनिटाईजर २० लिटर आइं आर थर्मोमिटर (थर्मल गन) ५ थान उपलब्ध गराइएको हो ।
उपलब्ध भएको स्वास्थ्य सामाग्रीहरुलाई बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सिद्धिचरण नगरपालिकालाई थर्मल गन २ थान, सर्जिकल मास्क ३ सय थान, पञ्जा २ सय ५० जोडी हस्तान्तरण गरेको छ । त्यस्तै थर्मल गन नेपाल प्रहरीलाई १ थान, शसस्त्र प्रहरीलाई १ थान र जिल्ला प्रशासन कार्यालयमा १ थान उपलब्ध गराउने निर्णय गरेको छ ।
कमाण्ड पोष्टको बैठकले जिल्लाका ८ ओटै स्थानीय तहमा १/१ लिटर, नेपाल प्रहरीलाई ५ लिटर, शसस्त्र प्रहरीलाई १ लिटर र नेपाली सेनालाई २ लिटर सेनिटाईजर उपलब्ध गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिएका छन।