सहयोगको पोको बोकेर जिल्लावासीको कोठा कोठामा पुग्छन खोटांगका सांसद विशाल भट्टराई

सहयोगको पोको बोकेर जिल्लावासीको कोठा कोठामा पुग्छन खोटांगका सांसद विशाल भट्टराई

कपन अनलाइन

काठमाडौं ,बैशाख २५।

खोटांग जिल्ला बाट आएर काठमाडौंमा बसोवास गर्ने जिल्लावासीले  कोरोना प्रकोपका कारण भोग्नु परेको समस्या बुझेर संसद विशाल भट्टराई  खाद्यान्न सहयोग लिएर अहिले कोठा कोठामा पुगिरहेका छन।

जीवन शैली ,बोलि र व्यवहारमा सादगी पूर्ण नेताको परिचय बनाएकाका खोटांग जिल्लाका लोकप्रिय जनप्रतिनिधि भट्टराईले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोठा भाडामा लिएर बस्दै आएका विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गर्ने जिल्लावासीलाई सहयोग गरेका छन।

यसै क्रममा महामारीको चपेटामा कोहि जिल्लावासीलाई समस्या परेमा सहयोग गर्ने बताउदै सांसद भट्टराईले जिल्लामा प्रकोप विरुद्ध सक्रिय जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी तथा सबै जिल्लावासीलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।