मेलम्ची नगरपालिका वडा नं  १ मा राहतको सट्टा काम र दाम

मेलम्ची नगरपालिका वडा नं  १ मा राहतको सट्टा काम र दाम

कपन अनलाइन

काठमाडौं ,बैशाख २५ ।

मेलम्ची नगरपालिका वडा नं  १ ले वडामा राहत प्राप्त गर्ने विपन्न व्यक्तिहरुलाई राहत सट्टा काम र दाम उपलव्ध गराउने अभियान शुरु गरेको छ।मेलम्ची नगरपालिका कार्यपालिकाकाे बैशाख २१ गतेको निर्णय अनुसार राहतको छनौटमा परेका काम गर्न सक्ने व्यक्तिहरुलाई  ७ दिन सम्मको रोजगारी दिएको वडाले जानकारी दिएको छ।

वडा नं १ भित्र रहेका सडक तथा नालीको सरसफाई ,भल तथा अन्य मर्मत लगायतका काममा लगाइएका अदक्ष कामदारले दैनिक ७२० रुपैया ज्याला प्राप्त गर्दै आएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।