काठमाडौ महानगरपालिका वडा नं ४ चुनदेवीबाट अलपत्र युवकको उद्दार

काठमाडौ महानगरपालिका वडा नं  ४ चुनदेवीबाट अलपत्र युवकको उद्दार

कपन अनलाइन

काठमाडौं ,बैशाख २५।

काठमाडौ महानगरपालिका वडा नं  ४  चुनदेवीबाट मानवसेवा  एक अलपत्र युवकको उद्दार गरिएको छ ।

चर्चित  युटुबर भाग्य न्यौपानेले बनाएको   भिडियो हेरे पश्चात काठमाडौं महानगरपालिका वडा नं ४ को राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा देवराज लामाले  स्थलगत अवलोकन गरि उद्दारको पहल गरेका थिए।

ब्राजिलियन दुतावास  पछाडिको सानो चौरमा  मानसीक अवस्था  सन्तुलित नभएको  करिव २० वर्षका ति युवकलाई  मानव सेवा आश्रमको सहयोगमा उद्दार गरिएको थियो।

स्थलगत रुपमा अवलोकन पश्चात लामाले बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ र समाजसेवी मनोज श्रेष्ठ संगको समन्वयमा मानव सेवा आश्रममा सम्पर्क  गरि ति युवाको उद्दार  गरिएको थियो।
तत्काल नै मानसेवा आश्रम बाट  स्वयंसेवकहरुले  स्थानीयहरु,महाराजगन्ज प्रहरी ,बुनपा-३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ ,समाजसेवी मनोज श्रेष्ठ , युटुबर भाग्य न्यौपाने सहितको उपस्थितमा ति युवाको उद्दार गरेका थिए।फोटो सौजन्य :सर्चिंग टाइम्स

तपाइँको प्रतिक्रिया ।