दुई “उत्तम” लाई लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को सम्मान
कपन अनलाइन
काठमाडौं ,बैशाख २४।
लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले दुई क्षेत्रमा निस्वार्थ सेवा गरिरहेका सशक्त अभियन्ताहरुलाई सम्मान गरेको छ। मदन कृष्ण श्रेष्ठ ,हरिबंश आचार्य , बसुन्धरा भुषाल,ब्याकुल माइला, कुमार बस्नेत लगायतका श्रस्टाहरुलाई सम्मान गर्दै विपन्नहरुलाई लायन्स फुड बैंक मार्फत खाद्यान्न वितरण गरिरहेको सो क्लवले बैशाख २४ गते उत्तम संजेल र उत्तम पुडासैनीलाई सम्मान गरेको छ।
समता स्कुल मार्फत करिव ६५ हजार विद्यार्थीहरुलाई मासिक १०० रुपैयामा शिक्षा प्रदान गर्दै आएका अनुकरणीय व्यक्तित्व उत्तम संजेल र नेपाल मानव अधिकार तथा शान्ति समाजका सभापति ,बागमती सरसफाई अभियन्ता तथा असहाय बाछाबाछीहरुको संरक्षण अभियानका पहल कर्ता उत्तम पुडासैनीलाई लायन लिडरहरु कुमारराज सुवेदी ,अनन्त भेटवाल,टंक श्रेष्ठ ,कर्मा गुरुङ सहितको लायन लिडरको समुहले सम्मान गरेको हो।
काठमाडौंको नया बस्ति बाट समता स्कुल शुरुवात अहिले अन्तर्राष्ट्रिय रुपमा विस्तार हुदै १ सय रुपैयामा उपचार गर्ने अस्पताल पनि स्थापना गरेको समता फाउन्डेसनका संस्थापक उत्तम संजेललाई लायन्स क्लवले उनको अथक निष्ठाको लागि सम्मान गरेको बताएको छ।
त्यस्तै बागमती सरसफाई अभियानको दौरानमा भेटिएका केहि बाछाबाछीहरुको स्याहार बाट अभियान शुरु गरेर असहाय बाछाबाछी संरक्षण गौशाला निर्माणको पहल गर्ने उत्तम पुडासैनीलाई सम्मान गर्दै क्लवले उनको लगाव र निरन्तरताको प्रसंशा गरेको छ।