उपत्यका भित्रिने तथा बाहिरीने नाकामा थप कडाइ
कपन अनलाइन
काठमाडौं ,बैशाख २४ ।
उपत्यका भित्रिने तथा बाहिरीने नाकामा जाँच र अनुगमनलाई थप कडाइ गरिएको छ ।काठमाण्डौ बाहिरबाट उपत्यकाभित्र लुकेर आउने, बिनापासका गाडी पनि गुड्ने गतिविधि बढेको गुनासोपछि जाँच र अनुगमन कडा पारेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भिमप्रसाद ढकालले बताएका छन ।
काठमाण्डौ उपत्यका भित्रिने र बाहिरीने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकामा अनुगमन गर्दै आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी, पेट्रोलियम वस्तु र बिरामी बोकेका एम्बुलेन्स भित्रिँदै गरेको र चालक र सहचालक मात्र भेटीएको उनले जानकारी दिएका छन।
ट्राफिक महाशाखाका प्रमुख ढकालले नाकाहरूमा खट्टिएका सुरक्षाकर्मीहरुलाई नाकाहरूमा थप कडाइ गन निर्देशन दिदै उनले हरेक नागरिकलाई सुरक्षा अवस्था गम्भीर रहेको भन्दै महामारी नियन्त्रण गर्न जो जहाँ छ, त्यहीँ बसेर सरकारको प्रयासमा साथ दिन आग्रह गरेका छन।