गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा छायाँ नेपाल संस्था द्वारा खाद्यान्न वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा छायाँ नेपाल संस्था द्वारा खाद्यान्न वितरण

कपन अनलाइन

काठमाडौँ, बैशाख २४। गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरमा  खाद्यान्न सहयोग गरिएको छ। वडा संगको समन्वयमा छाया नेपाल बाट तारेभिर बिध्यालयमा अध्ययनरत ५० जना  बिद्यार्थीका अभिभावकहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।

वडा संगको समन्वयमा एक बोरा चामल, नुन, दाल, चिनी   तेल लगायतको खाद्यान्न सहयोग गरेको हो।सामाजिक दुरी कायम गरि सुरक्षित तवरले वितरण गरिएको उक्त खाद्यान्न सहयोग कार्यक्रममा छाया नेपाल संस्थाका अध्यक्ष कमल थापा सहित संस्थाका प्रतिनिधि , गोकर्णेश्वर नगरपालिका वडा नं ३  का वडा  अध्यक्ष राजेन्द्रकुमार भण्डारी लगायत स्थानीयको  उपस्थित रहेको थियो ।

कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र विपन्न समुदायलाई लक्षित गरि खाद्यान्न सहयोग गरेको संस्थाको अध्यक्ष कमल थापाले बताए। सोहि कार्यक्रममा वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीले नगरपालिकाको कृषि शाखा बाट प्राप्त तरकारीको बिउ बिजन पनि वितरण गरेका छन। उनले उक्त बिउ बिजन ७५ परिवारलाइ वितरण गरेको बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लक डाउन गरेको पनि एक महिना बढी  बितिसकेको छ। लामो समयको लक डाउनको कारण बिशेष गरि गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन । सोहि समस्यालाइ  मध्यनजर गर्दै वडाले राहत वितरण गर्ने कार्य गरिरहेको अध्यक्ष भण्डारीले  जानकारी बताए । उनले वडा मा बिभिन्न सहयोगी दाताहरु बाट प्राप्त खाद्यान्न पनि वितरण गरिररहेको बताउदै सहयोग गर्ने संघ संस्थाहरुलाई धन्यवाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।