तारकेश्वर-१ साङ्लेखोलाको सुधार केन्द्रलाई बुढानिलकण्ठ नेवा: पुचको सहयोग

तारकेश्वर-१ साङ्लेखोलाको सुधार केन्द्रलाई बुढानिलकण्ठ नेवा: पुचको सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख २४।

बुढानिलकण्ठ नेवा: पुचले हिजो तारकेश्वर नगरपालिका वडा नं १ ,साङ्लेखोलाको  नमोबुद्द सुधार केन्द्रलाइ खाद्यान्न सहयोग गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का  अध्यक्ष बालकृष्ण श्रेष्ठ ,समाजसेवी मनोज श्रेष्ठ ,नेवा: पुच का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ (आयन) , नेवा: पुछका उपाध्यक्ष विकास श्रेष्ठ,संचारकर्मी दिपु बस्नेत सहितको समुहले सुधार केन्द्रमा पुगेर १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेका थिए।

लकडाउनको कारण महिनौ देखि सुधार केन्द्रमा राखिएका युवाहरुलाई  अभिभावहरुले  भेट्न र शुल्क बुझाउन नपाउदा  निकै नै समस्यामा  परेका सुधार केन्द्रलाई सहयोग गरेकोमा केन्द्रका संचालक सोशिन पुनले धन्यवाद दिएका थिए।२० जना युवाहरु रहेको उक्त केन्द्रलाइ  सहयोग गरेको  बुढानिलकण्ठ नेवा: पुचले विभिन्न सामाजिक काम गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।