पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा शंखरापुर नगरपालिकालाइ पीपीइ सेट प्रदान

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल द्वारा शंखरापुर नगरपालिकालाइ पीपीइ सेट प्रदान

कपन अनलाइन

काठमाडौँ बैशाख २४। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले शंखरापुर नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं महानगरपालिका वडा नं. ९ र ३२ लाई २५/२५ सेट पिपिई प्रदान  गरेका छन ।मंगलबार  कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारस्थित मदन आश्रित प्राविधिक शिक्षालयमा आयोजित कार्यक्रममा पूर्व पूधानमन्त्री नेपालले सो पिपिई सेट हस्तान्तरण गरेका हुन्  ।

पीपीइ हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई उपचारमा सहज होस् भनेर पिपिई सेट प्रदान गरेको बताए। उनले काठमाडौं क्षेत्र नं. २ मा पर्ने हरेक समस्याको समाधानका लागि आफूले पहल गरिरहेको बताउदै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र राहतका क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिकाले गरेका कार्यहरुको प्रशंशा गर्दै प्रधानमन्त्री नेपालले लकडाउनको पूर्ण रुपमा पालना गरी सामाजिक दुरी कायम गरी सुरक्षित बस्न नगरबासीहरुलाई आग्रह गरेका थिए।

कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख  सुवर्ण श्रेष्ठले पिपिई सेट उपलब्ध गराएकोमा पूर्व प्रधानमन्त्री नेपाललाई धन्यवाद दिदै नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण तथा  राहतको क्षेत्रमा अहोरात्र खटेर कार्य गरिरहेको बताए ।

तपाइँको प्रतिक्रिया ।