टोखा नगरपालिकाको कोषमा टोखा नगर चेम्बर अफ कमर्शको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २३।
टोखा नगरपालिकाले स्थापना गरेको नगरपालिका बिपद् व्यवस्थापन कोषमा टोखा नगर चेम्बर अफ कमर्शले सहयोग गरेको छ।
बैशाख २३ गते टोखा नगर चेम्बर अफ कमर्शले टोखा नगरपालिका बिपद् व्यवस्थापन कोषमा १ लाख २५ हजार १ सय ११ रुपैया सहयोग गरेको थियो भने सो सघंका कोषाध्यक्ष तथा स्काई पार्टी प्यालेसका संचालक सुवास खड्काले ५५ हजार सहयोग गरेका थिए।
टोखा नगरपालिका प्रमुख प्रकास अधिकारी र उप प्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा नगद सहिद विभिन्न सामाग्री सहयोग गरिएको थियो। उक्त अवसरमा नगर भित्र रहेका प्रहरी प्रभागहरुलाई निम्न मार्क्स, ग्लोब्स तथा सेनिटाईजरहरु प्रसहयोग गरिएको थियो ।
सामाग्री विवरण:
महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु : सर्जिकल मास्क-१५० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-६० थान
महानगरीय प्रहरी प्रभाग, गोंगबु : सर्जिकल मास्क-१५० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-७० थान
महानगरीय प्रहरी प्रभाग, तिलिंगाटार : सर्जिकल मास्क-१०० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-२० थान
महानगरीय प्रहरी प्रभाग, टोखा : सर्जिकल मास्क-१०० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-२६ थान
महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु : सर्जिकल मास्क-५० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-७ थान
सामदायिक प्रहरी, नयाँ बसपार्क : सर्जिकल मास्क-५० थान; ग्लोब्स-१०० थान; स्यानीटाईजर-३ थान