कोरोना कहर विच ओखलढुंगामा बिज्ञप्तिको लहर

कोरोना कहर विच ओखलढुंगामा बिज्ञप्तिको लहर

कपन अनलाइन

काठमाडौं ,बैशाख २३/पुन्यराज पुडासैनी 

विश्व सहित नेपालका हरेक स्थानीय तहहरु अहिले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सक्रिय रहेका छन।संसार नै एकजुट भएर अदृश्य शत्रुका विरुद्ध लडिरहेको विषम समयमा पनि ओखलढुंगा जिल्लामा भने एक अर्कालाई आरोप प्रत्यारोप ,आक्रोस ,आग्रह पूर्वाग्रहको बाढी बिज्ञप्तिहरुमा पोखिन थालेका छन।

क्रिकेट खेल संग तुलना गर्ने हो भने ओखलढुंगा जिल्लामा नेकपा र नेपाली कांग्रेस विच बलिंग र ब्याटिंग खुबी जमिरहेको छ अनि जिल्लाका जनतालाई यसले कस्टकर समयमा पनि राम्रै मनोरंजन प्रदान गरिरहेको छ।

यसमा सब्नै भन्दा पहिला नेकपा चम्पादेवीले गाउँपालिकाका विभिन्न निर्णयहरुमा असहमति जनाउदै चैत २५ गते बिज्ञप्ति ब्याटिंगको खाता खोलेको थियो। चम्पादेवी गाउँपालिकालाई ४ बुदे असहमति राख्दै उक्त बिज्ञप्ति आए पश्चात लगत्तै सोहि गाउँपालिकाका वडा नं १ २ र ७ पनि बिज्ञप्तिको बलिंग ब्याटिंगको खेलमा प्रवेस गरेका थिए।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले गाउँपालिकाका विभिन्न वडामा मास्क लगायतका सामाग्री वितरण गरे संगै पदीय मर्यादा र सांसदको क्षेत्रीय दायित्व समेतविचार नगरी  वडा अध्यक्षहरुले बिज्ञप्ति निकाले संगै वडा नं ७ का अध्यक्ष सुरेस थापाले त्यसको प्रतिवादमा बिज्ञप्ति निकालेका थिए।

त्यस पश्चात नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरु सांसद सुनुवार र नेपाली कांग्रेसका नेता रामहरी खतिवडा सहित विभिन्न नेता कार्यकर्ताकाको मानमर्दनमा दत्त चित्त भएर लागेका थिए र अझ पनि मौका पायो भने लाइक र शेयर गर्न उद्दत रहेको उनीहरुले वारम्वार सामाजिक संजालमा राख्ने विषय र शैलीले प्रस्ट देखाउछ।अनि तिनै कार्यकर्ताको पोस्टमा लाइक कमेन्ट र प्रतिक्रियाको तालमा कतिपय जिम्मेवार नेताहरुले पनि राम्रै चटक विभिन्न समयमा समयमा उनीहरु बाट प्रकट हुने गतिविधिले छर्लंग बनाएको एक बुद्दिजीवी बताउछन।

चम्पादेवी गाउँपालिका बाट शुरु भएको यो बिज्ञप्ति लहर अहिले सिद्दीचरण नगरपालिका पुगेर त्यहाका जनतालाई मनोरंजन प्रदान गरिरहेको छ। यसै ब्याटिंग बलिंगको  प्रदर्शनीमा  थपिएको छन नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समिति र नेकपा जिल्ला कमिटि ओखलढुंगा  ।

बैशाख  १५ गते नेकपाले कांग्रेसले जारी गरेको विज्ञप्तिका विरुद्ध विज्ञप्ति जारी गरेको विज्ञप्तिको भर्त्सना गर्दै  नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले दोस्रो विज्ञप्ति जारी गरेको  छ ।

नेकपाको विज्ञप्ति सार्वजनिक भएपछि कांग्रेसले फेरि आज नेकपाको विज्ञप्तिका विरुद्ध विज्ञप्ति  निकाल्दै   कांग्रेसले  नगरपालिकाको धारणा सार्वजनिक नभई राजनितक दलले नगरपालिकाको बचाउ गरेको खण्डन प्रति घोर भर्त्सना गरेको उल्लेख गरेको छ।

कांग्रेसका सिद्धिचरण नगर समिति संयोजक डिल्लीराम खनाल, सभापति गोविन्दबहादुर बानियाँ र उप सभापति रमेशप्रसाद धमलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा झुटको खेती नगर्न र नगरपालिकालाई जनउत्तरदायी बनाउनका लागि उचित सुझाव दिन तथा सहजीकरण र सहयोग गर्न नेकपा नगर कमिटीलाई आग्रह गरिएको छ ।

ओखलढुंगा जिल्लामा चलेको बिज्ञप्ति लहरमा लय मिलाउन नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले बैशाख  १३ गते  विज्ञप्ति जारी गर्दै  सिद्धिचरण नगरपालिकाले भनेजस्तो काम नगरेको,राहत वितरण कमजोरी भएको,आफू अनुकुल वितरण गरिएको, धेरै श्रमजीवी श्रमिकलाई छुटाइएको, स्वास्थ्य सामग्री व्यवस्थापन चित्तबुझ्दो नभएकोलगायतका आरोप लगाएको थियो।

त्यस पश्चात बैशाख  १५ गते कांग्रेसको विज्ञप्तिका विरुद्ध सिद्धिचरण नगरपालिकाको बचाउ गर्दै नेकपा ओखलढुंगाले विज्ञप्ति जारी गर्दै   नगरपालिकाले गरिरहेको काम कारबाहीलाई विश्लेषण गर्दै स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि नगरपालिका सचेत रहेको दाबी गरेको थियो।

यसरि आफु अनुकुलका सथानीय तहमा एक अर्काको मान मर्दन गर्दै र आक्रोस पोख्दै बिज्ञप्तिको प्रवाहले कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा निकै ठुलो असर पार्नुका साथै ओखलढुंगा जिल्लामा विकसित हुदै गरेको गलत राजनीतिक संस्कार र अभ्यास प्रति जिल्लाका जिम्मेवार प्रभावशाली नेताहरुको मौनता भने निकै आश्चर्य जनक मानिएको छ।

तर जे होस ओखलढुंगा जिल्लामा चलेको बिज्ञप्ति लहरले कोरोना कहरको कस्टमा केहि मनोरंजन भने पक्कै दिएको छ भन्दै एक स्थानीय शिक्षकले कटाक्ष गर्दै यस्तै प्रतिस्पर्धा जनसेवामा लगाउन आग्रह गरेका छन।

जव मान्छे तर्क र बहसमा कमजोर हुन्छ त्यस वेला उ आरोप प्रत्यारोपमा उत्रिन्छ भने झैँ अहिले ओखलढुंगा जिल्लाका विभिन्न राजनीतिक दल र स्थानीय तहमा चलिरहेको बिज्ञप्ति बहसले जिल्लाको पछिल्लो  कमजोर राजनीतिक  र मनोसामाजिक अवस्थाको सजीव चित्रण गरेको छ।

गर्विलो राजनीतिक इतिहास सहित ओजस्वी त्याग दिएका यस जिल्लाका सहिदहरु र अग्रजहरुलाई पनि लाजै लाग्ने गरि भद्दा प्रहसनको स्तरमा भएका यस्ता आक्षेप र आरोपहरुको शृंखलाले नेकपा र नेपाली कांग्रेस ओखलढुंगा भित्र हुर्किरहेको सतही प्रचारवाजीको भोक र अर्काको कमजोरी देखाएर आफ्नो लाज छोप्ने मनोरोग खूल्ला रुपमा  देखिएको छ।

अनि महामारीले सताएका ओखलढुंगावासीको कस्टमा थप पिडा दिनु  बाहेक केहि  उपलव्धि हुने देखिदैन त्यसैले  यस्तो समयमा जिल्लाका सांसद ,पुर्व सांसद ,प्रदेकाका मन्त्रि,प्रदेस सभा सदस्य र ८ वटै तहका जनप्रतिनिधिले  जिम्मेवारी गम्भीरता पुर्वक  यो बिज्ञप्ति लहरमा बाँध बढ्नु पर्ने देखिन्छ।अन्यथा यो बाँध भत्किए धेरैको इज्जत र सम्मान यसै संगै नबग्ला भन्न सकिन्न।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।