जिपि फाउण्डेसन बुढानिलकण्ठको अन्तरक्रिया भाग २ हुदै

जिपि फाउण्डेसन बुढानिलकण्ठको अन्तरक्रिया भाग २ हुदै

कपन अनलाइन

काठमाडौं ,बैशाख २३।

जिपि फाउण्डेशन बुढानिलकण्ठ नगरसमितिले आफ्नो नियमित कार्यक्रम अन्र्तगत महामारीमा स्थानीय सरकार र राजनैतिक दलको भुमिका विषय भिडियो कन्फ्रेन्स गर्ने भएको छ ।

फाउण्डेशन संयोजक नवराज भट्टराईका अनुसार पहिलो चरणको छलफलमा अर्थ विज्ञहरु र दोस्रो चरणका छलफलमा प्रदेश माननीय र नगरका सक्रिय राजनैतिक दलको छलफललाई निरन्तरता दिईने र उक्त विषयहरुलाई तेस्रो भाग मार्फत नगर प्रमुख संग अन्र्तक्रिया गर्ने योजना रहेको बताएका छन। भाग २ का लागि वक्ताका रुपमा प्रदेश सांसाद न्हुच्छेनारायण श्रेष्ठ, नेकपा बुढानिलकण्ठ नगरसंयोजक रविन अधिकारी , बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा युवा प्रतिनिधीका रुपमा बद्रि भट्टराई रहने भएका छन । बहस कार्यक्रम बुधबार साँझ ६ देखी ७ बजे सम्म सञ्चालन हुने छ ।

तपाइँको प्रतिक्रिया ।