सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क
कपन अनलाइन
काठमाडौं ,बैशाख २३।
सर्वोच्च शिखर सगरमाथामा अत्याधुनिक ‘फाइभ जी’ नेटवर्क जडान गरिएको छ ।
चीनले सगरमाथाको ६ हजार ५ सय मिटर उचाइमा फाइभ जी जडान गरे संगै यससँगै संसारकै सबैभन्दा अग्लो स्थानको एन्टेनाको रुपमा यो एन्टेना संसारमा परिचित हुने चाइना मोबाइल हङकङ र हुआवेले दावी गरेका छन।
चाइना मोबाइल हङकङले हालै फेसबुकमा सगरमाथाको ६ हजार ५ सय मिटर उचाइ सहित अरु धेरै स्थानमा फाइभ जी स्टेशन खडा गर्न सफल भएको जानकारी दिदै सगरमाथामा फाइभ जी जडानसँगै पर्वतारोहीहरुसँग सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको जानकारी दिएको छ।
तर फाइभ जीको उक्त स्टेशन सगरमाथाको चिनियाँ पाटोतर्फ जडान गरिएको छ।यही महिनाको सुरुमा फाइभ जी नेटवर्क सगरमाथामा विस्तार गर्ने घोषणा गरेको सिएमएचकेले सगरमाथाको ५३, ५८ र ६५ सय मिटर उचाइमास्टेशन खडा गरिएको हो । उपकरण बोक्ने तथा जडान गर्न १ सय ५० जना कामदार खटिएका थिए ।