बुढानिलकण्ठ-१२ मा १०६ जना रक्तदाताले आकस्मिक रक्तदान गरे

बुढानिलकण्ठ-१२ मा १०६ जना रक्तदाताले आकस्मिक रक्तदान गरे

कपन अनलाइन 

काठमाडौं ,बैशाख २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको आकस्मिक रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेका छन।बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको प्रशान्ति एकेडेमीमा भएको उक्त आकस्मिक रक्तदान युवा एकीकरण क्लव र नेपाल रेडक्रस सोसाइटी कपन उपशाखाको आयोजनामा भएको थियो।

कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,नेकपा प्रदेस नं ३ का सदस्य तथा बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी, नेपाली कांग्रेस काठमाडौं ४(२) का सभापति  बिनोद चालिसे लगायत उपस्थित रहेका थिए।

विभिन्न संघ संस्था तथा नगरपालिकाको सहयोगमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,नगर कार्यपालिका सदस्य शान्ता ढकाल,सुकुलाल सुनार (संगम) ,वडा नं १२ का सदस्यहरु पुरुषोत्तम नेपाल र मिना बयलकोटी सहित नेपाल रेडक्रस सोसाइटी कपन उपशाखा र युवा एकीकरण क्लवका   पदाधिकारी  तथा सदस्यहरुहरुको पनि सहभागिता रहेको थियो।

विषम परिस्थिति र प्रतिकुल समयका वावजुद पनि उक्त कार्यक्रममा उत्साहजनक सहभागिता रहेको युवा एकीकरण क्लवका अध्यक्ष बिष्णु भट्टराईले बताएका छन।करिव ४ दर्जन इच्छुक रक्तदाताले रक्त संकलन पिन्ट अभावका कारण निरास हुनु परेको भन्दै उनले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

 त्यस्तै कार्यक्रमको आयोजक  नेपाल रेडक्रस सोसाईटी कपन उप शाखाका सभापति पुस्कर चालिसेले अहिले देस भर रगत संकलनका लागि योजना हुने नियमीत् कार्यक्रम स्थगनका कारण रक्त अभाव पूर्ति गर्नका लागि उक्त आकस्मिक रक्तदान गरिएको जानकारी दिदै अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम संचालन गर्ने जानकारी दिएका थिए।

प्रशान्ति एकेडेमीका प्रधानाध्यापक समिर बास्तोलाले स्वागत मन्तव्य राखेकोउक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई र नगर कार्यपालिका सदस्य शान्ता ढकालले रक्तदाताहरुलाई  प्रमाण पत्र वितरण गरेका थिए।

तपाइँको प्रतिक्रिया ।