गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं बैशाख २२। गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ। आज नगरपालिकामा सामाजिक दुरी कायम गर्दै  सरुवा भइ जाने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीलाइ बिदाइ गरिएको छ भने उनको ठाउमा नया आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेको  नगर प्रमुख शन्तोष चालिसे ,उप प्रमुख शान्ती नेपाल ,शिक्षा शाखा प्रमुख विजय चालिसे, वडा अध्यक्षहरु र कर्मचारीहरु सहित नेकपा नेता पुण्य प्रसाद चौलागाई लगायतले  स्वागत गरेका थिए ।

बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने नया आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे योजना आयोगमा रहेर काम गरेका थिए ।नगर प्रमुख चालिसेले बिदाइ हुने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी र नया आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेलाइ नेपाली ढाका टोपी ,डायरी सहित  मायाको चिनो द्वारा स्वागत तथा बिदाइ गरेका थिए ।

करिब १३ महिना निर्बिवाधित रुपमा नगरपालिकामा काम गरेका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारीले समन्वयात्मक  र सबैको सल्लाह अनुसार कामकाज संचालन गर्ने भएकोले सबैले उनको सरुवा भइ अन्त्यत्र जान परेकोमा असजिलो महसुस गरेका थिए ।कर्मचारीहरुको तर्फ बाट भुपेन्द्र बोहोराले  स्वागत मन्तब्य राखेको कार्यक्रम संचालन  नगरपालिकाका प्रसाशन प्रमुख भिम बहादुर शाहीले गरेका थिए ।कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले जनप्रतिनिधिहरूको सपना पूरा गर्ने कुरामा प्रमुख प्रशासकीय अधिकृतको ठूलो भूमिका हुने बताउँदै प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहँदा अधिकारीले गरेका कामको प्रशंसा गरेका थिए ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे बाट पनि विकासका गतिमा पूर्ण सहयोग रहने विश्वास नगर प्रमुख चालिसेले ब्यक्त गरेका थिए । आजबाट हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत  नरहरी घिमिरेले समग्र नगरको विकासमा सहयोग पुग्ने  बिश्वास ब्यक्त गरे ।विषम परिस्थितिमा गरिएको सरुवा बाट खुसि नभएका नगरप्रमुख चालिसेले पटक पटक  प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा कार्य सम्पादनमा असर परिरहेको पनि बताए।

 उनले कर्मचारी र जनप्रतिनिधी बिच समन्वय र सहकार्य गर्दै कुशलता पुर्वक जनताका काम प्रभावकारी ढंगले सम्पादन गर्न नयाँ प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेलाइ आग्रह गरेका थिए।उनले सरुवा भई जाने अग्नि प्रसाद अधिकारीको आगामी दिनको यात्रा सुखद  र सफलताको शुभकामना सहित बिदाइ  गरेका थिए।त्यस्तै वडा अध्यक्षहरुको तर्फ बाट नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले नगरपालिकामा हुँदा प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले पुर्याएको योगदान र कार्य सम्पादन शैलीको चर्चा गरेका थिए। उनले नया आएका प्रमुख प्रशासकीय अधिकृतले पनि समन्वयकारी भूमिका सहित समग्र नगरको बिकासमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरे ।

नगर उप प्रमुख शान्ती नेपालले जनचाहना अनुरूप काम गर्ने वातावरण निर्माण हुनेमा बिश्वास ब्यक्त गर्दै नगरको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन । उनले नया आएका र बिदाइ हुने दुवै प्रशासकीय अधिकृतको आगामी यात्रा सहज र शुखद होस् भन्ने शुभकामना ब्यक्त गरेकी थिइन् ।हालै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले  जनप्रतिनिधिको गतिमा नै काम गर्न प्रयास गर्ने प्रतिवद्धता जनाए। उनले त्यसको लागि सबै पक्षको सहयोग आवश्यक भएको बताए।

कार्यक्रममा बोल्दै सरुवा भई जाने प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले सबै जनप्रतिनिधि शाखा प्रमुख कर्मचारीलाइ आफु रहंदा बखत राम्रो सहयोगीपूर्ण काम गरेकोमा प्रशंसा गरेका थिए। आफु रहदाको बखत राम्रो र सहयोगीपुर्वक काम गरेकोमा सबै जनप्रतिनिधि र कर्मचारीहरुलाइ धन्यवाद दिदै नगरपालिकामा  रहदाको सम्झना सधै स्मरणीय रहेको बताएका थिए।

उनले आफ्नो कुनै पनि बेला आवश्यक परेको खण्डमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताए। विषम परिस्थितिमा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत नरहरी  घिमिरेलाइ कोरोना जोखिम न्यूनीकरण, योजना निर्माणका साथै सबै पक्षलाइ समेटर अगाडी बढ्ने बातावरण सिर्जना गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।