कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समिति द्वारा काठमाडौं महानगर ६ मा खाद्यान्न सहयोग

कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समिति द्वारा काठमाडौं महानगर ६ मा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौँ, बैशाख २०।कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समिति द्वारा काठमाडौं महानगरपालिका वडा नं ६ मा खाद्यान्न सहयोग गरेको छ। कर्मापा सेवा समाज र कार्गोन कल्याणकारी समितिको सहयोग तथा काठमाडौं महानगरपालिका वडा नं ६ को सहकार्यमा वडा नं ६ भित्र  डेरा गरि बस्ने लकडाउन प्रभावित  २०० परिवारलाई  खाद्यान्न सहयोग गरिएको  हो ।

सामाजिक दुरी कायम गरि सुरक्षित तवरबाट  काठमाडौं महानगरपालिका  वडा नं ६ स्थित बौद्ध बजार क्षेत्र भित्र वितरण गरिएको  उक्त कार्यक्रम बागमती प्रदेसका सांसद छिरिंग दोर्जे लामा ,  काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा  वडा सदस्य जयराम पुडासैनी  लामा धर्म गुरु लगायतको उपस्थिति मा खाद्यान्न सहयोग गरेको हो ।

विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बल्न मुश्किल भएको छ। यस्तो बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि  केहि भए पनि सहज होस् भनेर राहत स्वरूप खाद्यान्न सहयोग गरेको आयोजकले बताएका छन।

 प्रति परिवार १५ केजी चामल, दाल २ केजी, तेल १ लिटर र नुन १ केजी वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र लामाले बताए ।उनले विषम परिस्थितिमा सहयोग गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।