लकडाउन प्रभावितलाइ निशुल्क खाना खुवाउने अभियानमा सिगाल्चे किदुक गुठी बौद्धको सहयोग

लकडाउन प्रभावितलाइ निशुल्क खाना खुवाउने अभियानमा सिगाल्चे किदुक गुठी बौद्धको सहयोग

कपन अनलाइन

काठमाडौँ, बैशाख २०। काठमाडौंका बिभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ।उक्त खाना खुवाउने अभियानलाइ सिगाल्चे किदुक गुठी बौद्धले खाद्यान्न लगायतको सामग्री सहयोग गरेका छन।

बागमती प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामाको पहलमा  सिगाल्चे किदुक गुठी बौद्धले खाद्यान्न सहयोग गरेको हो ।काठमाडौंका बिभिन्न क्षेत्रमा नगरपालिका तथा वडा संगको समन्वयमा  दाताहरुको सहयोगमा शुरु गरिएको निशुल्क भोजन अभियानलाइ सहयोग पुगोस भनेर  खाद्यान्न लगायतको सामग्री  शनिबार सहयोग गरेका हुन् ।

शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नं ६ का बिभिन्न स्थान र गोकर्णेश्वर नगरपालिकाको जोरपाटी पाखा पंधेरो, सुन्दरटोल सुधार समाज, अरोणदय मा. वि वडा नं ९ आरूबारी, आनन्दपुर तिनचुली,सुवी गाउ, निराग पार्टी प्यालेश का.म.पा बौद्द-६,बौद्ध मंहाकाल ,चुच्चेपाटी, बौद्ध -६ टुसाल धुर्सा, नमुना पार्क बौद्द- टाउन प्लानीङ, बौद्द  तामाङ कल्याण गुठ्ठीको नयॉ भवन, बौद्द भेट्रन क्लाव लगायत करिब १३ स्थानका लागि १०८  बोरा चामल ,  १० बोरा दाल लगायतको खाद्यान्न सामग्री सहयोग गरेका थिए ।

उक्त सामग्री प्रदेश संसद माननीय छिरिङ दोर्जे लामा र सिगाल्चे किदुक गुठीका अध्यक्ष पेन्ज्यो लामा लगायतको उपस्थितिमा भइ हस्तान्तरण गरेका थिए  ।विषम परिस्थितिमा गरिएको सत्प्रयासमा हातेमालो गर्द यो सहयोग गरेको सिगाल्चे किदुक गुठी बौद्धका अध्यक्ष पेन्ज्यो लामाले बताए।

तपाइँको प्रतिक्रिया ।