बौद्ध भेट्रान क्लब काठमाडौं महानगर ६ द्वारा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

बौद्ध भेट्रान क्लब काठमाडौं महानगर ६ द्वारा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं बैशाख २० । काठमाडौं महानगरपालिका वडा नं ६ मा रहेको बौद्ध भेट्रान क्लबले बाँच  र बचाऊ भन्ने मूल नाराको साथमा लक डाउन प्रभावितहरुलाई  आज खाद्यान्न सहयोग गरेको छ ।

क्लबले काठमाडौं महानगरपालिका वडा नं ६ भित्र  डेरा गरि बस्ने लकडाउन प्रभावित  २३० परिवारलाई  खाद्यान्न सहयोग गरेको हो ।सामाजिक दुरी कायम गरि सुरक्षित तवरबाट  काठमाडौं महानगरपालिका  वडा नं ६ स्थित बौद्ध फुटबल  ग्राउण्डमा   वितरण गरिएको  उक्त कार्यक्रम बागमती प्रदेसका सांसद छिरिंग दोर्जे लामा , गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,  काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,बौद्ध भेट्रान क्लबका अध्यक्ष बिबेक लामा सहित क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 विश्वभर फैलिएको कोरोना रोगको महामारीको समयमा सरकारले जारी राखेको लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने, विहान कमाएर बेलुका हातमुख जोर्ने मजदुर, कामदार, अति गरिब विपन्न समुदायहरुको जसको घर परिवार अहिले खाद्यन्नको अभावका चुलो बल्न  मुश्किल भएको छ यस्तो बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि  केहि भए पनि सहज होस् भनेर राहत स्वरूप खाद्यान्न सहयोग गरेको बौद्द भेट्रान क्लबका अध्यक्ष विवेक लामाले बताए।

सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेको बताउदै  न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा क्लबको तर्फ बाट पनि सहयोग होस् भनेर खाद्यान्न सहयोग गरेको बताए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।