बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा राहत वितरण

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा राहत वितरण

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा पहिलो चरणमा छुटेका विपन्न तथा दैनिक ज्यालादारी गर्ने वडावासीलाई राहत वितरण गरिएको छ।

 बुढानिलकण्ठ ८ नं. वडा भित्र पहिलो चरणमा राहात वितरण गर्दा छुटेका ५३२ परिवारलाई  चामल  ९४८० केजी,दाल १२१४ केजी,तेल ५१४ लिटर ,नुन-५३२ प्याकेट र हातधुने साबुन ७०० थान वडाका ५ स्थान बाट वितरण गरिएको वडा सदस्य माधव पौड्यालले जानकारी दिएका छन।

त्यस्तै वडा नं ८ ले आपतकालीन अवस्थामा पनि विभिन्न सहयोगीहरुको पहलमा राहत उपलव्ध गराउने व्यवस्था गरेको जानकारी दिदै वडा अध्यक्ष सुमन तामांगले लकडाउनको पालना गर्न वडावासिमा अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।