बुढानिलकण्ठका मुसलमानलाई रमजानमा राहत

बुढानिलकण्ठका मुसलमानलाई रमजानमा राहत

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा बस्दै आएका पाकिस्तानी नागरिकहरुलाई रमजानको अवसरमा राहत वितरण गरिएको छ। सो क्षेत्रमा विगत ६ वर्ष देखि वसोवास गर्दै आएका १२० परिवारलाई रोटरी क्लव महाराजगंज,पौरखी  र इन्हुरेड इन्टरनेसनलको सहयोगमा राहत वितरण गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा सदस्य चन्द्रमान श्रेष्ठ ,रोटरी क्लव अफ महाराजगंजका रोटरियन जय बहादुर टन्डन ,  राधिका खड्का , प्रफुल मल्ल ,विजय पोखरेल तथा इन्हुरेड इन्टरनेसनलका सबिना ढकाल र रुपा पौडेल लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै उक्त संस्थाहरुले बुढानिलकण्ठ ७ मा २३ परिवार,टोखाको बानियाटारमा १८ परिवार तथा ललितपुरमा १२ परिवारहरुलाई राहत वितरण गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।