सडकमा अलपत्र छाडा कुकुरलाई खाना उपलव्ध गराउदै बुढानिलकण्ठका युवाहरु
कपन अनलाइन
काठमाडौं ,वैशाख १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० र १२ का केहि युवाहरुले सडकमा अलपत्र रहेका छाडा कुकुरहरुलाई खानेकुरा बाढ्ने अभियान शुरु गरेका छन।
धेरै स्थानमा विपन्न परिवार र मानिसहरुलाई राहत उपलव्ध गराउदै आए पनि लक डाउनका कारण छाडा छोडिएका कुकुर तथा अन्य जनावर समस्यामा परेको महसुस गरेर सो अभियान संचालन गरेको अभियानकर्ता दिपेस भण्डारीले जानकारी दिएका छन।
दिपेस भण्डारी,राहुल लुइँटेल ,सुदिप लुइँटेल ,नवीन रिमाल ,सौरभ अधिकारी,अनिल कार्की,किरण थापा मगर ,नयन रिमाल,अनुज लुइँटेल लगायतका युवाहरुले दैनिक १५० छाडा कुकुरहरुलाई खानेकुरा उपलव्ध गराउदै आएका छन।
दिपेश भण्डारी साने को नेतृत्व मा मिलेर गरम सकेको गरम भन्दै बुढानिलकण्ठ नगपालिका वडा नं 10 र 12 का युवा हरु । सडकका कुकुरहरुलाई भोको हुन बाट बचाउँदै । आज करिब १५० ओटा कुकुर हरु लाई भोको हुन बाट वञ्चित रहन सबै बाट ५० ५० रुपैयाँ उठाएर अभियान सुरु गरियो । यो अभियान लक डाउन अवधि भर नभई निरन्तर अगाडि बढिरहने छ । कुकुर हरु मात्र नभई एक गाँस खाना खान गारो पर्ने हरु लाई पनि सहयोग गर्ने वाचा लिएर अगाडि बढेको छ ।