तारकेश्वर -८ मा बैशाख २० गते देखि निशुल्क भोजन अभियान शुरु हुने

तारकेश्वर -८ मा बैशाख २० गते देखि निशुल्क भोजन अभियान शुरु हुने

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

तारकेश्वर नगरपालिका वडा नं ८ ले वडाका विपन्न तथा दैनिक ज्यालादारी गर्दै आएका छाक टार्न नसक्नेहरुका लागि बिहान बेलुका निशुल्क भोजन अभियान शुरु गर्ने भएको छ।

वडा नं ८ ले बैशाख २० गते देखि बिहान १० बजे देखि ११ र बेलुका ५ बजे देखि ६ बजे सम्म निशुल्क भोजन वितरण गर्ने जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।