बुढानिलकण्ठ -१२ मा बैशाख २२ गते (सोमवार ) आकस्मिक रक्तदान कार्यक्रम हुने

बुढानिलकण्ठ -१२ मा बैशाख २२ गते (सोमवार ) आकस्मिक रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,बैशाख १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा यही बैशाख २२ गते आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को संयोजन र युवा एकिकरण क्लव र नेपाल रेडक्रस सोसाइटी कपनको आयोजनामा प्रशान्ति एकेडेमीमा हुने उक्त रक्तदान कार्यक्रममा सहभागी हुनका लागि आयोजकले सबै इच्छुक रक्तदाताहरुलाई आव्हान गरेको छ।

बिहान ११ बजे हुने उक्नात कार्मयक्रममा  दर्ता गराउनका लागि  ९८४१५६९१५६  (विष्णु भट्टराई)  वा ९८४१२८४६०३ ( पुस्कर चालिसे) संग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।