बुढानिलकण्ठ -१० को निशुल्क भोजन अभियानमा श्री सफलपथ साकोसको सहयोग

बुढानिलकण्ठ -१० को निशुल्क भोजन अभियानमा श्री सफलपथ साकोसको सहयोग
कपन अनलाइन 
काठमाडौं ,बैशाख १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले संचालन गरिरहेको निशुल्क भोजन वितरण अभियानमा श्री सफलपथ वचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको छ।
समाजसेवाको क्षेत्रमा सक्रिय रहेको शुभ प्रभात नेपाल (Good Morning ) को संयोजनमा रहेको उक्त सहकारी संस्थाले सो अभियान संचालनका लागि ४५ हजार सहयोग गरेको हो।    

उक्त संस्थाका तर्फबाट अध्यक्ष  साजन कट्वाल र  तुलसीराम ढकाल सहितको टोलीले वडा कार्यालयलाई सहयोग हस्तान्तरण गर्दै १८ सय भन्दा बढीलाई निशुल्क भोजन वितरण गरिरहेको वडालाई धन्यवाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।